अख्तियार दुरुपयोग आयोगमा पश्चिम नवलपरासीका १ सय ५ वटा दर्ता भएका छन् । उजुरी मध्य सबै भन्दा बढी स्थानीय तहको रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा चालू आर्थिक बर्षमा जिल्लाका सात वटै स्थानीय तह बिरुद्ध उजुरी परेको र त्यसमध्य ३७ वटा मात्र फर्छ्यौट भएको आयोगले जनाएको छ ।
सबै भन्दा बढी उजुरी बर्दघाट नगरपालिका बिरुद्द २९ वटा र कम उजुरी पर्नेमा सुस्ता गाउपालिका रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका शाखा अधिकृत नवराज भण्डारीले बताए ।
चालू आर्थिक बर्षमा बर्दघाट नगरपालिकाको ९ वटा सरावल गाउपालिकाको ६, पाल्हिनन्दन गाउँपालिकाको १२ वटा उजुरी मध्ये ५ वटा,सुनवल नगरपालिकाको १८ उजुरी मध्ये ९ वटा रामग्राम नगरपालिकाको १० वटा उजुरी मध्ये ५ वटाको फर्छ्यौट भएको छ । यसै गरी प्रताप्पुर गाउपालिकाको ७ वटा उजुरी मध्ये २ वटा उजुरी फर्छ्यौट भएको र सुस्ता गाउँपालिकाको २ वटा उजुरी मध्य एउटा उजुरीको फर्छ्यौट भएको छ ।
भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी सस्था नवलपरासीले प्रतापपुरमा आयोजना , जिल्ला प्रशासन कार्यालयको समन्वय र स्थानीय तहको सहयोगमा आयोजना भएको सार्बजनिक बहस कार्यक्रममा तथ्यांक सार्बजनिक गरिएको हो । कार्यक्रममा सार्बजनिक काम गर्दा जनतालाई सुसुचित गर्नुपर्ने र मौजुदा कानुनको पुर्ण पालना गर्नुपर्नेमा जोड दिइएको थियो । स्थानीय तहका जनप्रतिनिधीले भने राम्रो काममा पनि उजुरी पर्ने र काम रोकीने गुनासो गरेका थिए ।