25.1 C
Kathmandu
Flowers in Chania

नगरको तलब भत्ता खानेले अनिवार्य सामुदायिक विद्यालय भर्ना गर्नुपर्ने

- Advertisement -Flowers in Chania

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट तलव सुविधा लिने जनप्रतिनिधी ,कर्मचारी , शिक्षकले आफ्ना छोराछोरीलाई अनिवार्यरुपमा सामुदायिक विद्यालय पढाउनु पर्ने भएको छ । चालु आर्थिक वर्ष को नीति तथा कार्यक्रम अनुसार नगरका जनप्रतिनिधि,शिक्षक र कर्मचारीहरूले आफ्ना सन्तानलाई आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा भर्ना गर्न अनिवार्य गरेको हो ।
‘समाज परिवर्तन गर्न जनप्रतिनिधी भएका र सरकारी कोषबाट तलब खानेले नै सामुदायिक विद्यालयलाई विश्वास नगरेपछि सर्वसाधारणले कसरी गर्ने । ’ सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले भनिन्,‘हाम्रो नगरका सामुदायिक विद्यालय पनि अब्बल छन् । सुधार गर्दै जाने हो । त्यसैले नगरको कोष मार्फत तलब भत्ता खाने सबैलाई सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी भर्ना गर्न अनिवार्य गरेका हौ ।’ नगरपालिका भित्र ३५ वटा सामुदायिक विद्यँलय छन् भने नगरपालिकाको कोषबाट तलब भत्ता तथा सेवासुबिधा लिने ३ सय ६७ जना जना छन् । यो नगरपालिका नेपालकै पहिलो बालमैत्री नगरपालिका हो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्