8.1 C
Kathmandu
Flowers in Chania

मङलबार देखि मिटर ब्याज विरूद्ध न्याय मार्च सुरू

- Advertisement -

मिटर ब्याज तथा ठगी विरूद्ध किसान मजदुर संघर्ष समिति, नेपालले भोलि माघ १६ गते सहिद दिवसका दिन देखी मिटर ब्याज विरूद्ध न्याय मार्च गर्ने भएको छ।

गड्डा चौकी, कञ्चनपुरमा पत्रकार सम्मेलन गर्दै पीडितहरूका न्यायका निमित्त ६ बुँदे माग सहित कञ्चनपुर देखि काठमाडौं सम्म पैदल न्याय मार्च गर्न लागेको संघर्ष समितिका केन्द्रीय प्रतिनिधि अजय कार्कीले बताए ।

“नेपालको पश्चिमी सिमाना महाकाली नदी बाट सहिद भिमदत्त पन्तप्रति श्रद्धा अपर्ण तथा संकल्प सभा गरि केन्द्रीय प्रवक्ता निर्ग नविनको नेतृत्वमा कैलाली तर्फ अघि बढ्छौँ। पुर्वबाट आउने केन्द्रीय अध्यक्ष अवधेश कुश्वाहा नेतृत्वको टोलीलाई चितवनमा भेटेर काठमाडौं तर्फ लाग्छौँ । अन्तिम चरणमा थानकोटबाट बृहत् जनसहभागिता सहित राजधानीमा मार्च गर्नेछौँ । हाम्रो ६ बुँदे माग पूरा नभएसम्म निरन्तर संघर्ष गरिरहनेछौँ ।” उनले बताए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्