25.1 C
Kathmandu
Flowers in Chania

पालिका जोड्ने सडक नहुदा सास्ति

- Advertisement -Flowers in Chania

पालिका जोड्ने सडक नहुदा सास्ति
पुर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ ,६ र ७ का बासिन्दा पालिका जोड्ने सडक तत्काल निमार्ण गर्न माग गरेका छन् । गण्डकी प्रदेशको भारतीय नाका संग जोडीएको यो वडाका बासीन्दा गाउंपालिकाको केन्द्र पुग्न लुम्विनी प्रदेशको बर्दघाट हुदै करिब ४० किलोमिटर पार गरेर दुम्किवास पुग्नुपर्ने बाध्यता छ । प्रशासनिक कामका लागि सदरमुकाम कावासोती आउन त झनै कठीन छ । वडा नम्बर १ बघुवन सम्म ट्याक खोलेको भएपनि सवारी संचालन नहुदा थप समस्या परेको विनयी त्रिवेणी गाउंपालिका १ का गुन बहादुर सोमैले बताए ।
त्रिवेणी–दुम्कीबास सडक खोल्ने योजना गण्डकी प्रदेश सरकारको भएपनि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भन्दै सडक विस्तारकोकाम हुन नसकेपछि स्थानीयले सास्ति खेप्नु परेको हो । कानुनी बाध्यता हटाएर तत्काल छोटो र आफ्नै प्रदृश बाट पालिका पुग्ने गरेर सडक निमार्ण गर्न स्थानीयको माग छ ।
दुम्कीबासबाट बगुवन हुँदै त्रिवेणीसम्म १९ किलोमिटर दूरी पर्दछ । यसमा करिब सात किलोमिटर क्षेत्रमा निकुञ्जले वन्यजन्तुको चरिचरन क्षेत्र बताउदै सडक निमार्णको काम अगाडी बढ्न नसक्दा पालिकाबासीलाई समस्या परेको विनयी त्रिवेणी गाउंपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्