किसानले प्रयाप्र्त मल नपाईरहेको समयमा कृषि सामग्री कम्पनी लिमिटेड परासीमा आएको मल भने गोदाममा थन्किएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले सहकारी मार्फत वितरण गर्ने मल जिल्लाका केही सहकारीले खरिद नगर्दा ७१ टन मल गोदाममा मा नै थन्किएको हो । तोरी , गहुं , उखु लगाएत हिउदे बालीका लागि किसानलाई अहिले रासायानिक मलको आवश्ययक्ता छ । जिल्लाका ९ सहकारीले मल नलगेको कृषि सामग्री कम्पनी लिमिटेड परासीका प्रमुख प्रमुख नरहरी पोखरेलले बताए। पटकपटक पत्राचार गर्दा पनि लैजान नमानेकाले सहकारीको कोटामा परेको मल गोदाममा थन्किएको पोखरेलले बताए । जिल्लाका ७ वटै पालिकाले आ–आफ्नो पालिकाभित्र रहेका सहकारीको नाम र परिमाणसहित मल उपलब्ध गराउन पत्रचार गरेका थिए। २४ टन युरिया र ४७ टन डीएपी मल गोदाममा थन्किएको छ । सहकारीले भने मल खरिद र वितरणमा जनशक्ती तथा पर्याप्त मल नहुदा वितरणमा समस्या हुदा खरिद नगरीएको बताएका छन् ।