8.1 C
Kathmandu
Flowers in Chania

संरक्षणको अभाबमा वाल्मीकी आश्रम वाल्मीकी ओझेलमा

- Advertisement -

बिरेन्द्र पराजुली (कावासोती)

चितवनको माडी नगरपालिका १ मा रहेको वाल्मीकी आश्रम प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । वाल्मीकि ॠषिले तपस्या गरेको लब कुस को जन्म भएको सीता भासिएको स्थान अहिले संरक्षण अभाबमा अलपत्र अवस्थामा छ । बागमती प्रदेस अन्तरगत चितवन को माडी नगरपालिकाको चितवन रास्ट्रिय निकुन्जमा पर्ने वाल्मीकी आश्रम जानको लागि भारतको बाटो भएर जानू पर्ने हुदा पनि आश्रम ओझेलमा परेको स्थानिय बताउछन । बिगत १५ बर्ष देखि मन्दिरको रेखदेख गर्दै आएका शेखर सुबेदिले पछिल्लो समयमा वाल्मीकि आश्रममा आउने भक्तजनको कमि रहेको बताए। पुस्तौ देखि त्यस क्षेत्रमा व्यापार ब्यबसाय गर्दै आयका एलिस राई ले नेपाल बाट सिधै वाल्मीकि आश्रम आउने ब्यबस्था भयमा यहाँ भक्तजन आउने र चहल पहल बढने बताउछन । धार्मिक एब पर्यटकिय क्षेत्र रहेकोले पनि ईतिहासलाई प्रचार प्रसारमा लैजान सके बाल्मिकी आश्रमको महत्व बढने स्थानिय पत्रकार आर पि उपाध्याय बताउछन । बिनयी त्रिवेणि गाउपालिका त्रिबेणिबाट नजिक रहेको वाल्मीकि आश्रम जाने नारायणी नदिमा झोलुङ्गे पुल रहे पनि त्यो पुल रास्ट्रिय निकुञ्जको अवरोधका कारण सन्चालनमा नआउदा आश्रममा जान भारतको बाटो प्रयोग गर्नु परेको स्थानीयको गुनासो छ । विशेष गरि रामनवमिमा विशेष चहलपहल हुने वाल्मीकि आश्रममा रहेका पुरातात्त्विक सामाग्री सुरक्षित नहुदा कतै वाल्मीकि आस्रमनै हराउने होकि भन्ने चिन्ता स्थानीयको रहेको छ । पछिल्लो समयमा बिनयी त्रिवेणि गाउपालिकाले केही बजेट बिनियोजन गरेर संरक्षण गर्ने प्रयास गरे पनि त्यो भने प्रयाप्त छैन । बागमती प्रदेस सरकार केन्द्रिय सरकारको ध्यान वाल्मीकि आश्रमको संरक्षणमा नपुगे सम्म यसको प्रचार प्रसार र संरक्षण गर्न नसकिने स्थानीयको गुनासो रहेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्