8.1 C
Kathmandu
Flowers in Chania

दोस्रो पञ्चवर्षीय योजना निमार्णका लागि गण्डकी प्रदेश सकरारद्धारा सुझाव संकलन

- Advertisement -

गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना निमार्णका लागि सुझाव संकलन लाई तिब्रता दिएको छ । गण्डकी प्रदेश निती तथा योजना आयोगले आयोजना गरेको सुझाव संकलनमा पुर्वी नवलपरासीका जनप्रतिनिधी र सरोकारवालाले नारायणी नदीको नियन्त्रण , त्रिवेणी भन्सार कार्यालय र पहाडी भेगको बसाईसराई रोक्नका लागि ठोस योजना बनाउन सुझाव दिएका छन् । आगामी पाचं बर्षका लागि योजना तयार गर्न प्रदेश सरकारले ११ वटै जिललामा सुझाव संकलन गरीरहेको छ ।
सुझाव संकलन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडक , खानेपानी र संचारको पहुचं विकट स्थानमा पुग्दा समेत बसाईसराईको दर बढेकाले यसलाई रोक्न रोजगार र आयआर्जन बढाउने गरेर पञ्चवर्षीय योजना तर्जुमा गर्नुपर्ने बताए । ‘ विकट भनिएका स्थानमा पनि बाटो , विजुली , संचार सुविधन पुगेको छ । तर , बसाईसराई रोकीएको छैन् ।’उनले भने,‘ यसको मुख्य कारण रोजगारी र आयआर्जन मुख्य हो । त्यसैले स्थानीयरुपमा नै रोजगारी सिजर्ना र आयमुलक कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अहिलेको आवश्यक्ता हो ।’
नियमित हुने विकास निमार्णको काम भन्दा पनि दिर्घकालिनरुपमा परिणाम दिने निती अबलम्लन गर्न सहभागीले प्रदेश सरकारलाई सुझाव दिएका थिए । स्थानीय तह , प्रदेश र केन्द्रको कानुन बाझिने तथा समन्वयको अभाव हुदा हुने विकास निमार्ण र नितीगत पक्षलाई पनि सुधार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका थिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्