18.1 C
Kathmandu
Flowers in Chania

रामग्रामका २ वटा औषधी पसलमा सिल

- Advertisement -

रामग्रामका २ वटा औषधी पसलमा सिल

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा मापदण्ड विपरित संचालन भएका एक औषधी पसल र प्रयोगशालामा अनुगमन समितिले सिल गरेको छ । रामग्राम नगरपालिकाको नगरस्तरीय अनुगमन समितीले बुधबार नगर भित्र रहेको औषधी पसलर क्लिनिकमा गरेको अनुगमनकोक्रममा मापदण्ड विपरितका स्वास्थ्य क्लिनिकमा सिल गरेको हो । सेवाग्राहीबाट सरकारले तोकेभन्दा बढी स्थानीयबाट व्यापक जनगुनासो आएपछि अनुगमन गरीएको रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले बताईन् । ‘केही औषधी पसल र प्रयोगशालामा मानवको स्वास्थ्य प्रति नै वेवास्थ गरीएको पाईयो ।’उनले भनिन्,‘म्याद नागेको औषधी , प्रयोगशाला पनि मापदण्ड विपरित भेटीयो , दुई वटा सस्थामा सिल नै गरेका छौ ।’

अनुगमन समितीले रामग्राम नगरपालिकाको वडा न १७ स्थित देवगाउँमा दर्ता बिना संचालन भएको गुप्ता मेडीकल हल सिल गरेको छ । यसैगरी वडा नम्बर १७ पटखौलीमा रहेको सेलिसा फर्माद्धारा संचालित प्रयोगशाला पनि सिल गरीएको छ ।

अनुगमन समितीले जिल्लाको सदरमुकाम बुद्धचोक क्षेत्रमा रहेको औषधी पसल र रामग्राम नगरपालिकाको ग्रामिण क्षेत्रमा रहेको औषधी पसलमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा सदरमुकाम मा रहेका केही औषधी पसलहरुले सेवाग्राीहरु संग सरकारले तोकेभन्दा चार गुणा सम्म सेवा शुल्क लिएको भेटीएकोे स्वास्थ्य कार्यालयका परासीका प्रमुख ओमप्रकाश पन्थीले बताए । औषधी व्यवस्था बिभागबाट दर्ता भएको ब्यक्ति भन्दा अन्य ब्यक्तिले फार्मेसी संचालन गरेको पनि भेटीएको थियो । अनुगमनको क्रममा औषधी व्यवस्था विभागमा दर्ता नभएको साथै म्याद गुज्रिएको औषधी बिक्री बितरण गरेको पाईएकोले उक्त औषधीहरु नियन्त्रणमा लिई जफत गरिएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्