स्थानीय श्रोत र प्रबिधिको प्रयोग गरौ भुकम्प थेग्ने संरचना बनाऔ भन्ने नाराका साथ २६औ रास्ट्रिय भुकम्प सुरक्षा दिबस नवलपुरमा सम्पन्न भएको छ । जिल्ला प्रसासन कार्यलय को आयोजना तथा जिल्ला रेडक्रस र कावासोती नगरपालिकाको सहआयोजनामा भुकम्प सुरक्षा दिबस सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेस्ठको अध्यक्षयतामा सम्पन्न कार्यक्रममा भुकम्पबाट बच्नको लागि भवन निर्माणमा बिचार पुर्याउनु पर्ने सहभागीले बताएका थिए। नेपालमा पटक पटक भुकम्पले क्षति पुर्याउनुको प्रमुख कारण घर तथा भवनहरु कम्जोर र भुकम्पलाई ख्याल नगरी बनाउदा बढी क्षति पुगेको सहभागीले बताएका छन । जिल्ला समन्वय प्रमुख बाबुराम बिकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कावासोती नगर प्रमुख बिष्णु प्रसाद भुसाल , उपप्रमुख फुल कुमारी थनेत , सहायक प्रमुख जिल्ला अधिकारी मुक्ती प्रसाद रिजाल , कावासोती नगरपालिकाका प्रसासकिय अधिकृत लिलाराज पौडेल , जिल्ला निर्बाचन कार्यलय प्रमुख लाल प्रसाद भुसाल ,जिल्ला मालपोत कार्यलयका अधिकृत आनन्द प्रसाद भुसाल , नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष बिरेन्द्र पराजुली , जिल्ला रेडक्रस अध्यक्ष ऋषि कंडेल , विभिन्न सुरक्षानिकाय प्रमुख तथा प्रतिनिधिको उपस्तिथिमा भुकम्प सुरक्षा दिबस सम्पन्न भयको थियो। कार्यक्रमको सहजीकरण जिल्ला रेडक्रसका मन्त्री तिर्थ कंडेलले गरेका थिए भने कार्यक्रम संचालन बेद प्रसाद न्यौपानेले गरेका थिए ।
