पुर्बी नवलपरासीका थारु समुदायले सोमबार माघी पर्व मनाइरहेका छन । मगर गुरुङ तथा अन्य समुदायमा माघेसन्क्रान्तीको रौनक छाएको छ । थारु समुदायले नयां वर्षकोरुपमा मनाईने यो पर्वमा कामका लागि घर बाहीर गएका परिवारका सदस्य र आफन्ति बिच भेटघाट र वर्षदिन भरीको कामको समिक्षा संगै आफन्तीमा रमाईलो साटासाट गर्ने गर्दछन् । तर , केही वर्ष अगाडी सम्म आफ्नो पर्व तथा भेषभुषाको बारेमा पत्तो नै नभएका जिल्लाका थारु समुदायका युवा अहिले भने माघी पर्वको संरक्षण तथा मौलिक सस्कृतीको जर्गेनामा जुटेका छन् ।
थारु सस्कृती नयां पुस्तालाई हस्तान्तरण गर्ने र मौलिक सस्कृतिमा युवाको आकर्षण बढाउने काम गरीएको छ । थारु नाचं , सस्कार र भेषभुषा प्रदर्शन गरेर खिचरी महोत्सब जस्ता कार्यक्रम आयोजन
गरेर नया पुस्ता लाई परम्परा जगेर्नामा सहभागी बनाएका छन ।
युवालाई आफ्नो मातृ भाषा बोल्न समेत आउने अवसरमा आफ्ना सस्कृति बारे जानकारी दिन जिल्ला भर माघी महोत्तसव तथा सस्कृति आदानप्रदानका कार्यक्रम हुन थालेको छ ।hमाघी पर्वमा पहिले पहिले गाउंको मुखीया चुन्ने प्रचलन रहको थियो । मुखीया चुनेपछि उस्ले चौकीदार र गाउंमा कस्ले के गर्ने भन्ने जिम्मेवारी दिने गर्दथ्यो । तर अहिले त्यो परम्परा हटेको भएपनि माघीमा थारु समुदायले बर्षदिन भरीको कामको समिक्षा , योजना र आर्थिक कारोबारको छिनोफानो गर्ने गर्दछन् । अघिल्लो दिन मछवारीको दिन माछा मारेर माघे सक्रान्तिको दिनमा दिदी वहिनी , आफन्त र गाउंका अगुवा बोलाएर गित गाउदै आफ्ना पिरमर्का पोख्ने र रमाईलो गर्ने प्रचलन छ ।
- Advertisement -
- Advertisement -
- Advertisement -