ब्यवसायबाट पलायन हुने अवस्था आउँन थालेको भन्दै निर्माण ब्यवसायीले चिन्ता व्यक्त गरेका छन् । निर्माण ब्यवसायी संघ नवलपुरको चौथो साधरण सभामा ब्यवसायीले पेसाबाट बिस्थापित हुनु परेको भन्दै अग्रजहरु सङ्ग गुनासो गरेका हुन । पछिल्लो समयमा साना ब्यवसायिहरु बिस्थापित हुने अवस्काथा आएको भन्दै एक भएर अगाडी बढ्नुपर्ने बताएका हुन् । जिल्लामा निर्माण ब्यवसायको काम समेत घटन थालेको निर्माण ब्यवसायीको गुनासो रहेको छ । निर्माण ब्यवसायी संघको जिल्ला अध्यक्ष हेमु शंकर देबकोटाको अध्यक्षयतामा सम्पन्न कार्यक्रममा संघका पुर्ब केन्द्रीय सदस्य माधब घिमिरेको प्रमुख आतिथ्यतामा साधरण सभामा सम्ब्यापन्बान भएको हो । सभामा कोषाध्यक्ष कोष बहादुर कार्किको प्रतिबेदन सचिब चिरञ्जीवी जिसिको प्रतिबेदन र अध्यक्ष हेमु शंकर देबकोटाको प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुली , गण्डकी प्रदेस खेलकुद बिकास समितिका सदस्य सचिब श्रीधर शर्मा , जिल्ला रेडक्रस सोसाईटि साखा कावासोतिका अध्यक्ष बाबुराम कन्डेल , संघका निबर्तमान अध्यक्ष गोमा खन्डलुक लगायतले साधरण सभाको शुभकामना दियका थिय ।