24.1 C
Kathmandu
Friday, June 14, 2024
Flowers in Chania

पुस्तक ब्यवसायी महासंघद्धारा प्रहरी कार्यालयलाई पुस्तक प्रदान

- Advertisement -Flowers in Chania

प्रहरी कर्मचारी तथा हिरासतमा रहेका थुनुवाहरुका लागि स्थापना भएको पुस्तकालय लाई नेपाल पुस्तक ब्यवसायी महासंघ नवलपुरले पुस्तक प्रदान गरेको छ । विभिन्न आरोपमा प्रहरी हिरासतमा रहेका थुनुवाहरुलाई असल आचरण र पुस्तक अध्ययनको गर्ने बानी बसाल्नका लागि जिल्ला प्रहरी कार्यालय नवलपुरमा पुस्तालय स्थापना गरीएको छ । सोही पुस्तकालयमा नयां र थप पुस्तकको अभाव हुन नदिन नेपाल पुस्तक ब्यवसायी महासंघ आफ्नो स्थापना दिवसको अवसरमा कानुन , सामाजिक र विभिन्न प्रकारका पुस्तक प्रदान गरेको जिल्ला अध्यक्ष विनोद पौडेलले बताए । पछिल्लो समय पुस्तक अध्ययन गर्ने बानीको कमी आएको समयमा समयसान्दर्भीक र नयां पुस्तक उपलब्ध हुदा पठन सस्कृतीमा टेवा पुग्ने जिल्ला प्रहरी कार्यालयमा डिएसपी बेद बहादुर पौडेलले बताए । ४ वर्ष अगाडी जिल्ला प्रहरी कार्यालयमा थुनुवाका लागि हिरासतमा पुस्तकालय स्थापना भएको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्