8.1 C
Kathmandu
Flowers in Chania

डिएलए नवलपुरको अध्यक्षमा पुन:   अधिकारी

- Advertisement -

नेपाल प्रजातान्त्रिक कानून व्यवसायी संघ  (डिएलए)को पुर्बी नवलपरासीको  अध्यक्षमा गणेश प्रसाद अधिकारी पुन: चयन भनेका छन् । डिएलए पुर्बी नवलपरासीको शुक्रबार सम्पन्न  तेस्रो अधिवेशनले अध्यक्षमा अधिकारी सहित  ९  सदस्यीय समिती  चयन गरेको हो । जसको उपाध्यक्षमा अर्जुन प्रसाद काफ्ले, सचिवमा टंक राज वस्याल निर्वाचित भएको  निर्वाचन अधिकृत अधिबक्ता यक्ष राज अधिकारीले बताए । अध्यक्ष मा चयन भएका अधिकारीको यो दोस्रो कार्यकाल हो । अधिबेशनको उद्घाटन गर्दै डिएलए का केन्द्रिय सदस्य जनकराज ढुङ्ग‌गनाले सहकार्य र कानुन कार्यान्वयन र अधिकारका लागि कानुन  ब्यवसायीको भुमिका महत्त्वपूर्ण हुने बताएका थिए । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्