अबैधरुपमा माटो उत्खनन गरेको भन्दै पुर्बी नवलपरासीको बिनयी त्रीबेणीबाट प्रहरीले तीन ओटा टीपर नियन्त्रणमा लिएको छ । बिनयी त्रिवेणी गाउँपालिका ४ सिद्रे खोलामा अवैद्य रुपमा उत्खनन गर्दै गर्दा अमुमती भन्दा बढी माटो उत्खनन गरेको भन्दै टिपर प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बेद बहादुर पौडेलका अनुसार ना ७ ख १९७० , लु २ ख ४७५४ र ना ७ ख ४३०५ नम्बरको टिपर नियन्त्रणमा लिएको हो । उक्त माटो पिआर कन्ट्रक्सनले होङसी सिमेन्ट उद्योगलाई सप्लाइ गरिरहेको बताइएको छ । नियन्त्रणमा लिएका टिप्परलाई इलाका प्रहरी कार्यालय दुुम्किवासमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाउपालिकाले अनुमती दिएको भन्दा बढी माटो उत्खनन् गरेको प्रहरीको आरोप छ । कागज पत्र अध्ययनपछि थप के गर्ने भन्ने बिसयमा निक्र्योल हुने प्रहरीले जनाएको छ ।
जिल्लाका अन्य खोलाहरुमा पनि अबैधरुपमा माटो तथा नदिजन्य पदार्थ उत्खनन भएपनी नियन्त्रणमा आएको छैन ।