8.1 C
Kathmandu
Flowers in Chania

चिसोबाट जोगिन रामग्रामले वितरण गर्यो दाउरा

- Advertisement -


(परासी)- पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले चिसो बढेको भन्दै आगो ताप्न दाउरा वितरण गरेको छ । दुई तीन दिन देखि चिसो बढेकाले सार्वजनिक स्थानमा आगो ताप्नका लागि निःशुल्करुपमा दाउरा वितरण गरीएको हो । वन कार्यालयबाट दाउरा खरिद गरेर मुख्य चोक तथा मानिसको भिड बढी हुने स्थानमा दाउरा वितरण गरेको नगर स्तरीय वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक धनिराम यादवले बताए । सार्वजनिक स्थानमा आगो ताप्न पाउदा दैनिक मजदुरी गर्ने र विपन्न बर्गका स्थानीयलाई सहज हुने भएकाले नगरको १८ वटा वडाको सार्वजनिक स्थानमा आगो बाल्न दाउरा वितरण गरीएको हो ।
पछिल्लो समय चिसो बढ्दै गएपछि जनजिवन प्रभावित बनेको छ । विशेष गरेर विपन्न परिवार र दैनिक मजदुरी गरेर जिविका चलाउने सर्वसाधराण मारमा परेका छन् । जिल्लाको सात वटै पालिकाले २० लाख देखि ५० लाख रुपैया विपद् व्यवस्थापनकालागि बजेट विनियोजन गरेको भएपनी सभ्भावित विपद्को तर्जुमा गरेर योजना बनाउन नसक्दा र्सासाधारणले समयमा नै राहात र विपद्बाट जोगिन पुर्व तयारी हुन सकेको छैन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्