कावासोती —विद्युत प्राधिकरण परासी वितरण शाखाले पश्चिम नवलपरासीका तीन वटा उद्योगको लाईन काटेपछि एक हप्ता देखि उद्योग संचालनमा आउन सकेको छैन् । डेडिकेटेड लाईन प्रयोग गरेबापतको करौडौ रकम भुक्तानी गर्न बाकीं भएपछि जिल्लाको सर्वोतम सिमेन्ट , लक्ष्मी स्टील र बुटवल सिमेन्ट उद्योगको लाईन विद्युत प्राधिकरणले काटीदिएको छ । जसमा ७३ करोड २२ लाख रुपैया , बुटवल सिमेन्टको ३२ करोड ९७ लाख र लक्ष्मी स्टीलको ७९ करोड ५९ लाख रुपैया महसुल तिर्न बाकीं रहेको नेपाल विद्युत प्राधिकरण परासी वितरण शाखाका प्रमुख सुरज रेग्मीले बताए । विद्युत नभएपछि उद्योग बन्द भएको र मजदुर काम विहिन भएका छन् । उद्योग संचालक भने सरकारले जबरजस्ति महसुल तिराउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका छन् ।