नवलपुरमा पहिलो पटक खिचरी उत्सव तथा फुड फेस्टिवल २०८० मा आउने दर्शकले पहिलो पटक ‘टाईगर ट्रेल ’ को मज्जा लिन पाउने भएका छन् । पुर्वी नवलपरासीको कावासोतीमा यही पौष २७ गते देखि माघ दुई गते सम्म आयोजना हुने खिचरा महोत्तसवमा आउने दर्शक तथा अवलोकनकर्तालाई ‘टाईगर ट्रेल ’ निःशुल्करुपमा उपलब्ध गराईने आयोजकले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगतको मध्यवर्ती जंगलमा बाघको पाईला , चालचलन र प्राकृतिक बास स्थानको मज्जा लिदै पैदल हिड्ने २ किलोमिटर रुट तयार पारेको नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताए । कावासोतीमा सोमबार पत्रकार सम्मेलन गर्दै पाचौ नवलपुर खिचरी महोत्तसव तथा फुड फेस्टिवल आयाृजक समितिले थारु , मगर तथा विभिन्न जातजातीको मौलिक परिकार संगै जंगल सफारी , डुंगा सयर र सास्कृतिक कार्यक्रमको आयोजना गरीएको जानकारी गराए । महोत्तसव अवधिभर ‘टाईगर ट्रेल ’संगै यस क्षेत्रका होमस्टे र होटलमा विशेष छुट अफर राखीएको र अवलोकनकर्तालाई मौलिक खानाको स्वाद चखाउने नवलपुर पर्यटन व्यवसायी समितिका संरक्षक तता पर्यटन ब्यवसायी धनिराम चौधरीले बताए । पाच दिन सम्म चल्ने फेस्टिवलमा १ लाख बढी दर्शकले अवलोकन गर्ने अनुमान गरीएको छ ।