24.1 C
Kathmandu
Friday, June 14, 2024
Flowers in Chania

मिटर ब्याजीको नाममा बदनाम गर्न खोजियो ः मिटर ब्याज आरोपी

- Advertisement -Flowers in Chania


नवलपुर(मंसीर२०)
आर्थिक कारोबार र अनुचित लेनदेनको आरोप लागेका नवलपुरका आरोपितहरुले मिटर ब्याजीको झुटो आरोप लगाएर आफुहरुको चरित्र हत्या गर्न खोजिएको भन्दै यथार्थ छानवीनको माग गरेका छन् । आज कावासोतीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफुहरुलाई आवश्यक्ता पर्दा सरसापट र ऋण लिएर अहिले सहयोग गर्ने ब्यक्तिलाई नै मिटर ब्याजीको नाममा चरित्र हत्या गर्न खोजेको आरोप लगाएका हुन् । पत्रकार समम्ेलनमा बोल्दै कावासोतीकी माया भण्डारीले सात आठ वर्ष अगाडी गरेको जग्गा कारोबारालाई अहिले आएर मिटर ब्याजीको नाममा आफ्नो बदनाम गराउन खोजिएको भन्दै कानुनी उपचारको माग गरेको बताईन् । ‘ आफुसंग आर्थिक कारोबार नै नभएका ब्यक्ति आएर घर अगाडी नाराबाजी गर्ने तथा सामाजिक संजालमा चरित्र हत्या गर्ने काम भएको छ ।’उनले भनिन्,‘जिल्ला प्रशासन र प्रहरीकोमा प्रमाण पेश नगर्ने , छलफलबाट भाग्ने र सामाजिक संजालमा अतिरञ्जित र भ्राम कुरा गर्ने र राजनितिक प्रतिशोधको आधारमा बदनाम गर्न खोज्ने उपर कानुनी उपचार जान्छु ।’
कावासोती २ की बिमला तिवारी मल्लले सापटी लिएको रकम माग्दा उल्टै मिटर ब्याजी भनेर बदनाम गराईने भन्दै नाम हटाउन थप रकम मागेको गुनासो गरीन् । उनले आफुहरुले गाउंघरमा चिनजानेका साथीलाई दुःखमा सहयोग गरेको तर रकम लिनेले नै सापटी लिएर मिटर ब्याजमा रकम लगाउने गरेको आरोप लगाईन् ।
कावासोती कै कुमार रोक्काले आफुले नै काम सिकाएर सहयोग गरेको ब्यक्ति नै अहिले आफु विरुद्ध लागेर मिटर ब्याजीको नाममा बदनाम गर्न खोजेको बताए । आफैले लगानी गरेर व्यवसायमा स्थापित गर्न खोज्दा दिएको रकमको आफुसंग प्रमाण भएपनि रकम माग गर्दा आफु विरुद्ध नै लागेको बताए ।
पछिल्लो समय नवलपुरमा मिटर ब्याज पीडित र मिटर ब्याजको आरोप लागेका ब्यक्तिहरुको उजु प्रशासन र प्रहरीमा भएपनि निकास पाउन सकेको छैन् । आफुलाई पीडित भन्नेहरुले घरबार विहिन बनेको गुनासो गर्दै आएका छन् भने , रकम समपटी दिएका ब्यक्तिहरुले आफुले अप्ठ्यारोमा पर्दा सहयोग गरेबापत मिटर ब्याजीकोरुपमा चरित्रहत्याको शिकार हुनु परेको जिकिर गर्दै आएका छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्