24.1 C
Kathmandu
Friday, June 14, 2024
Flowers in Chania

बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप

- Advertisement -Flowers in Chania
facebook sharing button

काठमाडौँ । बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका व्यक्तिहरूले बल्खु चोकमा ढुंगामुढा गरेका हुन् ।

अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ । आसपासका केही संरचनामा क्षति पुगेको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ । 

झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ । ‘तपाईहरुको कार्यक्रम बल्खुमा हो भने जानुहोला, तीनकुने हो भने तीन कुनेमा जानुहोला चोकमा नबस्नुहोला’, माइकिङ गर्दै प्रहरीले भनेको छ ।

बल्खुमा विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शनकारी आइरहेका छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्