18.1 C
Kathmandu
Flowers in Chania

१४ दिनदेखि आन्दोलित स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति, आन्दोलन फिर्ता

- Advertisement -Flowers in Chania

काठमाडौं,असोज २८-

स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति भएको छ । विभिन्न माग राखेर संघीय राजधानी काठमाडौंमा १४ दिनदेखि आन्दोलन गरिरहेका कर्मचारी र सरकारबीच शनिबार राति १९ बुँदै सहमति भएको हो ।

बिहीबार ५ घन्टाका साथै शुक्रवार र शनिबार निरन्तर वार्ता भएपछि सहमति भएको हो । सहमतिमा प्रमुख प्रशासकीय अधिकृत ऐन लागू भएको पाँच वर्ष निजामती कर्मचारी र त्यसपछि स्थानीय सेवाको हुन पाउने छन् ।

तहगत सरुवा प्रणाली, ट्रेड युनियन अधिकार, प्रदेशले निर्माण गर्ने कानुनमा स्थानीय कर्मचारीको साटो प्रदेशको निजामती कर्मचारी, पाँच वर्षमा बढुवा हुने व्यवस्था गर्ने सहमति भएको संघर्ष समितिका महासचिव विजय देवकोटाले जानकरी दिए । आइतबारदेखि नै कर्मचारी सेवामा फर्किनेछन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्