8.1 C
Kathmandu
Flowers in Chania

भरतपुरमा कांग्रेस-माओवादीको विवाद चुलियो,उपमेयरसहित वडाध्यक्षले गरे कार्यपालिका बैठक बहिष्कार

- Advertisement -

चितवन,असोज २६-

चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादीको विवाद चुलिदै गएको छ । महानगरपालिकामा माओवादीले एकलौटी गरेको गुनासो गर्दै आएका कांग्रेसबाट निर्वाचित उपमेयर चित्रसेन अधिकारीसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले कार्यपालिकाको बैठक बहिष्कार गरेका हुन् । आज (शुक्रबार) बिहान ८ बजेका लागि बोलाइएको बैठक बहिष्कार गरिएको भरतपुर महानगरपालिका वडा नम्वर १० का वडाध्यक्ष परमेश्वर खनालले नारायणी अनलाइनलाई जानकारी दिए । महानगरपालिकाले मनाउन लागेको भ्रमण बर्ष २०२४ का लागि एकलौटी मेयर दाहालको मात्र प्रचार गरेको र सबै जनप्रतिनिधिसंग समन्वय नगरेको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको आरोप छ ।
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले वडामा वितरण हुने बजेटमा पनि मेयर दाहालले मनोमानी गरेको आरोप लगाएका छन् ।

महानगरपालिकाका बिषयगत समितिहरुले गरेका निर्णयबिरुद्ध मेयर दाहालले एकलौटी निर्णय गर्ने गरेको वडाध्यक्ष खनालले बताए । महानगरपालिकामा केहीदिन अघि २१ जना कर्मचारी मनोमानी ढंगले भर्ती गरेको भन्दै त्यसमा आफुहरुको विमती रहेको उनले बताए । यसअघिका कार्यपालिकाका निर्णय समेत कार्यान्वयन नभएको भन्दै वडाध्यक्षहरुले मेयरका गतिविधिप्रति कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

केहीदिन अघि भरतपुमा कांग्रेसका वडाध्यक्षसहित पार्टीका नेता कार्यकर्ता माओवादी प्रवेश गराएपछि कांग्रेसका जिल्ला नेताहरु माओवादी र मेयर रेनु दाहालप्रति रुष्ट भएका थिए । उनिहरुले चितवनमा गठबन्धन तोडिने अवस्थामा पुगेको बताएका छन् । भरतपुर महानगरपालिकामा उपमेयर सहित कांग्रेसबाट निर्वाचित १७ जना वडाध्यक्ष र पाँच कार्यपालिका सदस्य रहेका छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्