8.1 C
Kathmandu
Flowers in Chania

नदिजन्य पदार्थ र सडकको समस्यामा बिपत बैठक केन्द्रित

- Advertisement -

२४ असाेज, कावासाेती

जिल्ला बिपत ब्यबस्थापन समिति नवलपुरको बैठकमा नदिजन्य पदार्थको चोरी निकासी र अव्यवस्थित सडकको बिषयमा छलफल भएको छ ।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षयतामा भएको बिपत ब्यबस्थापन समितिको बैठकमा उपस्थित अधिकांश सरोकारवालाले नदिजन्य पदार्थको चोरी हुने गरेको गुनासो गरेका थिए । हुप्सेकोट गाउ“पालिका अध्यक्ष लक्ष्मी पाण्डेले नदिजन्य पदार्थको अनुगमनमा गएका नगर प्रहरी घाईते भएका छन्। यसलाई रोक्न जिल्ला प्रशासन कार्यलयलाई अनुरोध गरेकी छन् । उनले भनिन् मेरो क्षेत्र चुरे पहाडमा पर्छ सजिलै यसको निकासी गर्न पाईदैन अब गाउँ जोगाउन र चोरी निकासी रोक्न खोलानालाको ठेक्का खोल्ने ब्यबस्थापन गरिदिन जिल्ला समन्वय प्रमुख बाबुराम बि.क., प्रमुख जिल्ला अधिकारी र बिपत ब्यबस्थापन समितिलाई अनुरोध गरेकी छन् ।
पाण्डेले जङ्गली जनावरको आतंक छ बँदेल दिउ“सै गाउँ आउँछ मानिसलाई आक्रमण गरेको छ खोलामा रुख ढलेको छ हटाउन पाईएको छैन यसले दुर्घटना निम्ताउन सक्छ संवन्धित निकाएको ध्यान जान अनुरोध गरेकी छन् । त्यसै गरि मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीले पूर्ब पश्चिम राजमार्ग समयमा पूरा नह“ुदा नागरिकले दुःख पाएको सडक निर्माण कम्पनीले आफू जस्तो जनप्रतिनिधिको आवाज नसुनेको गुनासो गरेका छन् ।
अधिकारीले पनि समयमै खोला नाला ठेक्का लगाउन सके चोरी निकासी रोक्न सकिने बताएका छन् । गै“डाकोट नगरप्रमुख मदनभक्त अधिकारीले खोला नाला ठेक्का लगाउ“दा दुरुपयोग हुने हु“दा यो सबै काम नगरपालिकाले गिटिबालुवा संकलन गरेर पालिका बाटै बिक्री वितरण गर्न सके पारदर्शी हुने बताएका छन् ।
उनले भने खोला नाला ठेक्का आह्वान गरे ठेकेदारले सिन्डिकेट लगाउछन् भनेको रकममा ठेक्का जादैन त्यसैले नगरपालिका मार्फत संकलन गरेर नदिजन्य पदार्थ कारोबार गर्न गराउन समेत प्रसासनलाई अनुरोध गरेका छन्। अधिकारीले पनि समयमा सडक निर्माण नह“ुदा नागरिकले सास्ती ब्यहोर्न परेको गुनासो गरे । नारायणगढ दाउन्ने सडकमा कामदार छैनन् कसरी काम हुन्छ सडकको बिजोक छ कुनै पनी बेला दुर्घटना हुन्छ । यस्को जिम्मा को रहने अधिकारीले प्रश्न गरे समयमा काम नहु“दा पूर्ब पश्चिम राजमार्गको कारण दैनिक दुर्घटना बढिरहेको छ ।
बिपतको बैठकमा उपस्थित अधिकांश सदस्यले समयमा सडक निर्माणका लागि पहल गर्नु पर्ने बताएका थिए । जिल्ला समन्वय प्रमुख बाबुराम बि.क.ले बैठकमा उठेका बिषय अत्यान्त गम्भीर रहेकोले यो समाधानको लागि आफ्नो तर्फबाट पहल गर्ने बताएका छन् । बैठकमा विभिन्न राजनीति दलका प्रतिनिधि, बिभिन्न कार्यलयका प्रमुखहरु, सुरक्षा निकाय प्रमुख तथा पत्रकारको उपस्थिती रहेको थियो ।
बैठकले दसंै अगाबै पूर्ब पश्चिम् राजमार्ग र भित्री सडकको मर्मत गरि सहज रुपमा सवारी साधन आबत जाबत गराउने, चाडबाडमा हुन सक्ने दुर्घटना रोक्न पहल गर्ने, बन्यजन्तुको आक्रमण रोक्न जिल्ला बन कार्यलय सङ्ग समन्वय गरि पहल गर्ने, बजार अनुगमनलाई तिब्र पार्ने जस्ता निणय गरेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्