24.1 C
Kathmandu
Monday, April 15, 2024
Flowers in Chania

देवघाट भ्रमणमा आएका दुई युवक नारायणीमा नुहाउने क्रममा बेपत्ता

- Advertisement -Flowers in Chania

चितवन, असोज ११-

पवित्र तिर्थस्थल देवघाटमा भ्रमणमा आएका दुई युवक आज बिहान करिब ७ बजे नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा भारत आसाम घर भई धनगढीस्थित लक्ष्मिनारायण मन्दिरमा संस्कृत पढ्ने वर्ष १९ को भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने वर्ष १७ को पंकज दाहाल रहेको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका र लक्ष्मी नारायण मन्दिरको संयुक्त भ्रमणमा उनीहरु देवघाट आएका थिए ।

नदीमा नुहाउने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट देवघाट र वडा प्रहरी कार्यालय नारायणगढ बाट खटिएको टोलीले बेपत्ता भएकाको खोजी कार्य गरिरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्