१० असोज, कावासोती,
४४ ओैं विश्व पर्यटन दिवसका दिन पूर्वी नवलपरासीकाे कावासाेतीमा प्रभातफेरी गरिएकाे छ ।
पर्यटन र हरित लगानी भन्ने मूल नाराका साथ सुरू भएकाे पर्यटन दिवस कार्यक्रममा कावासाेती नगर पालिका र पर्यटन तथा उद्योग कार्यालय नवलपुर आयाेजक रहेका थिए ।
नवलपुर पर्यटन समिति, हाेटल व्यवसायी संघ नवलपुर,एन्साव नेपाल, शिका नेवा गुठी, ईकाे टुरिजम युथ क्लव अमलटारी, झरनाखाेला मगर सामुदायिक हाेम स्टे, बराैलीटार सांस्कृतिक संरक्षण समिति, कावासाेती साईक्लिङ्ग ग्रुप लगायत विभिन्न संघसस्थाले प्रभातफेरीमा उपस्थिति जनाएका थिए ।
जिल्ला स्थित विभिन्न सुरक्षा अंगका प्रमुख एवं प्रतिनिधि, स्थानीय जन प्रतिनिधि, पर्यटन व्यवसायी, नगरकर्मचारी, पत्रकार लगायत आम सर्वसाधारणकाे सहभागीता रहेकाे प्रभात फेरि एवं पर्यटन दिवस कार्यक्रममा विभिन्न जनजातिका संस्कृतिकाे प्रदर्शन गरिएकाे थियाे ।
प्रभातफेरी पश्चात् कावासाेती नगरपालिकाे सभाहलमा आयाेजित पर्यटन दिवस कार्यक्रमकाे प्रमुख अतिथि एवं प्रदेश सांसद गण्डकी प्रदेश पूर्व कानुन मन्त्री राेशन बहादुर गाहाले व्यानर पढेर उद्घाटन गर्नु भएकाे थियाे ।
कार्यक्रममा सांसद गाहाले नवलपुर पर्यटन लगायत धेरै सम्भावना बाेकेकाे जिल्ला हाे भन्नु हुँदै यस जिल्लाकाे तराईमा लाेपाेन्मुख एक सिंगे गैडा देखि उच्च पहाडमा राष्ट्रिय फूल लालि गुराँस सम्म पाईने बताउनु भयाे ।
सांसद गाहाले पर्यटन क्षेत्रकाे बिकासकाे चर्चा गर्दै यसकाे बिकासमा बाधक बनेर रहेका सामुदायिक वन तथा निकुञ्जका कतिपय कानुनहरूमा समय सापेक्ष परिमार्जन आवश्यक छ भन्नू भयाे ।
साेही अवसरमा पालिकामा स्थापना गरिएकाे कावासाेती नगर पालिका पर्यटन ईकाई कार्यलयकाे प्रमुख अतिथि गाहाले रिवन काटेर उद्घाटन गर्नु भएकाे थियाे ।
पर्यटन दिवश समाराेहमा आयाेजक कावासाेती नगरपालिका र पर्यटन तथा उद्योग कार्यालय नवलपुरले तयार पारेकाे पर्यटकीय क्षेत्रकाे बिकास सम्भावना र चुनाैती बिषयक कार्यपत्र शाखा अधिकृत राजन पाण्डे र नगेन्द्र पाैडेलले प्रस्तुत गर्नु भएकाे थियाे ।
साेहि अवसरमा कावासाेती नगर द्वारा आयाेजित कावासाेती नगरपालिकामा पर्यटकीय क्षेत्रकाे पहिचान चुनाैती बिषयक खुल्ला निबन्ध प्रतियोगिताका बिजयी निवन्धकारहरूलाई नगद तथा प्रमाणपत्र द्वारा पुरस्कृत गरिएकाे थियाे ।
जिल्ला तथा छिमेकी जिल्लाका गरि १८ जनाकाे सहभागिता रहेकाे निबन्ध प्रतियोगितामा पाल्पा निस्दी गाउँपालिका ५ निवासी युवा किरण अर्याल प्रथम, कावासाेती ३ निवासी प्रकाश भुसाल दित्तीय, कावासाेती १६ का अर्जुनजंग रायमाझी तृतीय तथा कावासाेती १६ कै पूर्णमान महतराले सान्त्वना स्थान हासिल गर्नु भएकाे छ ।
कावासाेती नगरपालिका प्रमुख बिष्णु भुसालकाे अध्यक्षतामा सम्पन्न विश्व पर्यटन दिवस कार्यक्रममा कावासाेती नगरका निमित्त प्रशासकीय अधिकृत क्षेत्र बहादुर भण्डारी, हाेमस्टे व्यवसायी महासंघ नेपालका राष्ट्रिय अध्यक्ष प्रेम शंकर मर्दनीया, सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछाने लगायतले मन्तव्य राख्नु भएकाे थियाे ।
कार्यक्रममा बिदेशी पाहुना जर्मन नागरिकहरूलाई सम्मान गरिएकाे थियाे ।