कावासाेती ८
बिरेन्द्र पराजुली
पौरखी बचत तथा ऋिण सहकारी सस्थाको १३ औ साधरण सभा तथा ५ औ अधिबेसन सम्पन्न भयको छ । १३ औ साधरण सभाको उदघाटन गर्दै नेफस्कुनका केन्द्रिय अध्यक्ष परितोष पौडेलले समृद्द सदस्य सबल र सुरक्षित बित्तिय कारोबारनै सफल सहकारी हो । पौरखी सहकारिले नेफ्स्कुनले संचालन गरेको प्रोबेसन कार्यक्रममा आबद्द भयको छ र भबिस्यमा प्रोबेसन ब्रान्ड प्राप्त गर्न लायक भयकोले ढुक्क भयर पौरखिलाई बिस्वास गर्न सकिने पौडेलले बताय ।
२०६७ सालमा स्थापना भयको पौरखी सहकारीले ४ हजार १ सय २७ जना सेयर सदस्य र कुल सम्पती ३० करोड ९१ लाख ५७ हजार ८८ रुपिया रहेको सचिब बिस्वनाथ काफ्लेले जनायका छन । सस्थाका अध्यक्ष सालिकराम कोईरालाको अध्यक्षयतामा सम्पन्न साधरण सभामा जिल्ला समन्वय प्रमुख बाबुराम बिक , जिल्ला बचत संघका अध्यक्ष होमनाथ जैसी , युबा तथा साना ब्याबसायी रोजगार समितिका सचिब प्रीतम भुजेल , नेपाल पत्रकार महासंघका अध्यक्ष बिरेन्द्र पराजुली , जिल्ला सहकारी संघका उपाध्यक्ष खिना भुसाल , रेडक्रस उपसाखा कावासोतिका अध्यक्ष बाबुराम कन्डेल लगायतका विभिन्न संघ सस्थाका प्रतिनिधिले साधारण सभा तथा ५ औ अधिबेसनको शुभकामना व्यक्त गरेका थिय । शुभकामना दिदै पछिल्लो समयमा बजारमा भयको मुल्यबृद्दी र बजारमा देखियको पैसाको अभाबले गर्दा सहकारिमा परेको असर सगै बचेर र आफ्ना सेयर सदस्यलाई सेवाको भाबले कारोबार गर्न गराउन अनुरोध गरेका थिय ।
उपाध्यक्ष बिष्णु प्रसाद सुबेदिले स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष मिना कुमारी घिमेरेको प्रतिबेदन सचिब बिस्वनाथ काफ्लेको प्रतिबेदन माथी छलफल सहित पास भयको थियो । बन्दसत्र लगत्तै अधिबेसन प्रकृया सुरु गरिने निर्बाचन संयोजक रमेस पराजुलिले बताए।