8.1 C
Kathmandu
Flowers in Chania

शिक्षक आन्दोलनमा ‘भाइरल’ भएका न्यौपानेलाई विद्यालयले गर्याे सम्मान

- Advertisement -

देवचुली, असोज ७

शिक्षक आन्दोलनमा भाइरल भएका शिक्षक होमनाथ न्यौपानलाई विद्यालयले सम्मान गरेको छ । नवलपुरको देवचुली नगरपालिका वडा नं १५ मा रहेको जनज्योति माध्यमिक विद्यालयमा विगत ९ बर्षदेखि अध्यापन गराउँदै आउनुभएका होमनाथ न्यौपानेलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । शिक्षक आन्दोलनको पहिलो दिन होमनाथ न्यौपानेले लगाएको नारा मात्रै नभई उहाँले बोक्नुभएको झोला पनि भाइरल भएको थियो ।No description available.

विद्यालय व्यवस्थापन समितिका अध्यक्षले अबिर, दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । सम्मान कार्यक्रममा बोल्दै न्यौपानेले आँफू यस स्थानमा आउन पनि गुरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै गुरुको सम्मान हुनुपर्ने  बताउनुभएको थियो । उहाँले भन्नुभयो – नितान्त रुपमा हामी सबैले चाहेको देश राम्रो होस् भन्ने हो । No description available.

कोही पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने हो । यो देशको शैक्षिक क्षेत्रलाई सुधार्न शिक्षकहरुको ठूलो भूमिका हुने हुँदा सबै मिलेर लाग्नुपर्ने र राज्यले पनि गुरुहरुको सम्मान गर्न आवश्यक रहेको बताउनुभयो ।

न्यौपानेले भन्नुभएकाे नारा यस्ताे थियाे

तिम्लाई कल्ले पढायो ?
हामी जस्ता गुरुले ।
मन्त्री कल्ले बनायो ?
हामी जस्ता गुरुले ।
मन्त्री कल्ले खुस्काउँछ ?
हामी जस्तो गुरुले ।
No description available.

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्