18.1 C
Kathmandu
Flowers in Chania

संविधान दिवसमा शुभकामना र अन्तरक्रिया

- Advertisement -

असोज, ०३ बुधबार,
कावासोती– संविधान दिवसको अवसरमा नवलपुरमा पनि विविध कार्यक्रम गरि मनाईएको छ ।
सरकारले ३ दिनसम्म संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाउन अनुरोध गरेको छ। दिवसको अबसरमा कावासोती नगरपालिकाले शुभकामना तथा अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ । कावासोती नगरपालिकाका प्रमुख बिष्णु प्रसाद भुसालको अध्यक्षयतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेले विभिन्न कालखण्डमा संविधान परिवर्तन हुँदै आएको छ । बिकास र समृद्धीसंगै नागरिक चेतनाको विकास हुँदै जान्छ अनि विभिन्न मागहरु नागरिकबाट आवाज आउँछ संविधानको व्याख्या गरिन्छ र सम्बोधनका लागि संविधानका केही धारा उपधारा परिबर्तन हुन्छ। त्यसैले यो लिखित दस्ताबेजलाई मानेर हामीले विभिन्न क्रियाकलाप गर्दै आएको बताएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुलीले संविधानले हामीलाई तीन तहको सरकारको ब्यबस्था गरेको छ ।
जनताको अधिकार प्रत्याभुती दिएको यो संविधान विश्वको उत्कृष्ट संविधान हो यसलाई कार्यन्वयन गर्नको लागि जनप्रतिनिधिको भुमिका महत्वपुर्ण हुन्छ । नागरिकलाई संविधान बुझाउनु अहिलेको आबश्यक्ता रहेको अध्यक्ष पराजुलीले बताएका छन् । त्यस्तै कार्यक्रममा शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारी, नगर उपप्रमुख फुल कुमारी थनेत, राजनीतिक सल्लाहकार रामकृष्ण ढुङ्गना जनप्रतिनिधी रेबती बि.क., डोरमान गिरी लगायतले संविधान कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका थिए । सबै राजनीतिक दलको सहमतिमा आएको संविधान कार्यन्वयन गर्ने जिम्मा जनप्रतिनिधि, कर्मचारीको ठूलो भुमिका रहने हुंदा सबै आ–आफ्नो स्थानबाट लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम नगर प्रमुख बिष्णु प्रसाद भुसालले शुभकामना तथा अन्तरक्रिया कार्यक्रम समापन गर्दै २०७२ मा जारी भएको यो संविधानले स्थानीय तहलाई जति अधिकार दिनुपर्ने हो त्यो अझै अपुरो रहेको छ । स्थानीय सरकार बलियो नभएसम्म यहांका नागरिक खुसी हुन सक्दैनन् अधिकार छ, तर अझै साघुरो रहेकोले फराकिलो गराउन आग्रह गरेका थिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्