खगराज सापकाेटा, कावासाेती, भदाै २२ –
नवलपुरका निजामति कर्मचारीले निजामति सेवा दिवस मनाएका छन् । शुक्रबार सम्मान पत्र वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेर निजामति सेवा दिवस २०८० मनाइएकाे हाे।
निजामति सेवा दिवस समारोह मुल आयोजक समितिले यस अघि निजामति दिवसका अवशरमा विभिन्न प्रतियोगिताहरु आयोजना गरेको थियो । प्रतियोगिताका विजेताहरुलाई नगद सहित सम्मान तथा कदरपत्रले सम्मानित गरिएको हो ।

जस अन्तरगत निवन्ध प्रतियोगितामा शिक्षा विकाश तथा समन्वय इकाईका प्राविधिक सहायक तिलक बहादुर खडका प्रथम भएका थिए । प्रतियोगितामा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत यशोदा रेग्मी द्वितिय भएकी हुन भने आन्तरिक राजश्व कार्यालयकै कर अधिकृत बेदना राई तृतिय भएकी हुन् । सान्त्वना पुरस्कार विनयी त्रिवेणी गाउँपालिकाका रोजगार संयोजक विनोद प्रसाद पौडेलले प्राप्त गरेका हुन् ।

त्यसैगरी सोहि अवशरमा आयोजना गरिएको ब्याटमिन्टन प्रतियोगितामा कोष तथा लेखा नियन्त्रकको कार्यालयका मार्कण्ड प्रसाद बराल र मालपोत कार्यालयका शिव प्रसाद सापकोटाको टोली प्रथम भएको थियो । द्वितिय रकुवा स्वास्थ्य केन्द्र वौदीकालीका मेघ बहादुर ठाडा र नरम स्वास्थ्य चौकीका दान बहादुर वराल मगरको टोली भएको थियो । त्यसैगरि सो प्रतियोगितामा २ समुह तृतिय भएका थिए । जसमा आन्तरिक राजश्व कार्यालयका ज्ञानहरी पन्थी र नापी कार्यालयका शिवलाल चौधरी र जिल्ला आयुर्वेदिक अस्पतालका गोकुल पराजुली र सोहि कार्यालयका रोशन कुमालको समुह तृतिय हुन सफल भएका थिए । कार्यक्रममा प्रतियोगिताहरुमा सहयोग पुर्याउनुहुने महानुभावहरुलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रम नवलपरासी बर्दघाट सुस्ता पूर्वको जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा नवलपुरका प्रहरी उपरिक्षक भुवनेश्वर तिवारी, प्रहरी अनुसन्धानका उपनिर्देक प्रकाश गरुङ, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली, आयुर्वेदिक संघका केन्द्रिय अध्यक्ष गोकुल पराजुली लगाएत नवलपुरका विभिन्न कार्यालयका प्रमुखलगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रमुख ज्ञानहरी पन्थीले स्वागत गरेका थिय भने कार्यक्रम संचालन शिक्षा विकाश तथा समन्वय इकाईका प्रमुख रुद्र शर्माले गरेका हुन् ।
