18.1 C
Kathmandu
Flowers in Chania

सल्लाहकार पदलाई सेवाको रुपमा लिएको छु, उक्त पदमा बहाल हुँदासम्म कुनै सेवा सुविधा लिन्न : ढुङ्गाना

- Advertisement -

कावासोती ।

कावासोती नगरपालिकाका राजनीतिक सल्लाहकार रामकृष्ण ढुङ्गानाले आफ्नो पदलाई सेवाको रुपमा लिएको बताउँदै उक्त पदमा बहाल हुँदा सम्म कुनै सेवा सुविधा नलिने बताउनु भएको छ । आज एक पे्रस विज्ञप्ति जारी गर्दै उहाँले राजनीतिक सल्लाहकार नियुक्ति र उपलब्ध सेवा सुविधाको बारेमा उठेका जिज्ञासामा आफ्नो ध्यानाकर्षण भएको बताउँदै आफू सदैव समाज प्रति उत्तरदायी र सामाजिक न्यायको पक्षमा उभिदै आएको र आगामी दिनमा सामाजिक काममा निरन्तर लाग्ने प्रतिबद्धता समेत व्यक्ति गर्नुभएको छ ।
उहाँले राजनीतिक सल्लाहकार पदलाई कुनै लाभको पदको रुपमा नलिई विशुद्ध समाजसेवाको रुपमा बहन गरेको बताउँदै त्यस वापत सेवासुविधा प्राप्त गर्ने वा आफ्नो स्वार्थ पूर्ति गर्ने तर्फ कहिल्यै ध्यान नरहेको र अब पनि नरहने बताउनुभएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘ मेरो योगदान तलब सुविधालाई केन्द्रमा राखेर होइन, जनता र समाजलाई केन्द्रमा राखेर हुने गर्छ । मेरा नियुक्ति र पारिश्रमिकको विषयमा सम्बन्धित निकायले प्रष्ट पार्ला नै । म मेरो निष्ठा र आर्दशबाट कुनै विचलित छैन ।’
विज्ञप्तिमा आफू आवद्ध नेकपा ९एमाले० पार्टीलाई समेत जोडेर कतिपय नियोजित दुष्प्रचारहरू भएको उहाँले बताउनु भएको छ । साथै एमाले नगर कमिटी अध्यक्षको हैसियतले कावासोती नगरपालिकाबाट कुनैपनि सेवा सुविधा नलिएको उहाँले प्रष्ट पार्नुभएको छ ।
‘कतिपय नियोजित दुष्प्रचारहरू म खण्डन गर्दछु । नेकपा ९एमाले० नगर कमिटीको अध्यक्षको हैसियतले मैले कावासोती नगरपालिकाबाट कुनैपनि सेवा सुविधा नलिएको आम जनसमुदायमा स्पष्ट पार्न चाहन्छु ।’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा थप भनिएको छ ‘मलाई विश्वास गरेर राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने नगर प्रमुख विष्णुप्रसाद भुसाल लगायत सिङ्गो नगर कार्यपालिकालाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । राजनीतिक सल्लाहकार पदलाई स्वीकार गरेको हुदाँ राजनीतिक सल्लाहकारलाई दिने सेवा सुविधा म उक्त पदमा बहाल हुँदा सम्म नलिने यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छु । यो बीचमा मेरो नियुक्ति, मैले प्राप्त गर्ने सेवा सुविधाको बारेमा चासो, जिज्ञासा राख्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सबै पक्षबाट रचनात्मक सुझाव र सल्लाहको अपेक्षा राख्दछु । ’

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्