18.1 C
Kathmandu
Flowers in Chania

सरकार जनताको भावना अनुसार चलेन,  विकल्प खोज्ने बेला आउन सक्छ : काङ्ग्रेस नेता महर

- Advertisement -

नवलपुर ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले गठबन्धन सरकारको विकल्प खोज्ने बेला आउन सक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन नवलपुर शाखाले आज कावासोतीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महरले सरकार जनताको भावन अनुसार चलेको अनुभूति कम भएको बताउँदै विकल्प खोज्ने बेला आउन सक्ने बताउनु भएको हो ।
‘यतिबेला यति भन्न सकिन्छ, यदि वर्तमान सरकार जनता र कांग्रेसको भावना विपरित र जनता प्रति जिम्मेवार भएन भने सरकारको विकल्प खोज्ने बेला आउन सक्छ ’ नेता महरले भन्नुभयो ‘सरकार जताको भावन अनुसार चल्नुपर्छ ।’
सरकारको काम गतिशील हुन नसकेको नेता महरले बताउनुभयो । ‘जनताको दैनिक जीवनका कुराहरू छन्, बाटो घाटो समस्या ग्रस्त छ, मूल्यवृद्धिको चपेटामा परेको छ । राष्ट्रिय सम्बन्ध बारेमा थुप्रै समस्या छन्’ उहाँले भन्नुभयो ‘सरकार खास गतिशील हुन सकेको छैन । ’

कांग्रेस नेता महरले सरकारका कतिपय कार्यहरू पूर्वाग्रही हुनकी भन्ने आशंका पैदा भएको समेत बताउनुभयो ।  चिनले प्रकाशन गरेको नक्सामा नेपालको पुरानै नक्सा उल्लेख भएकोमा उहाँले छिमेकी राष्ट्रहरूले नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानको सम्मान गर्नुपर्ने बताउनुभयो ।
संविधानमा भएका विशेषता सङ्घीयता, समावेशिता , धर्म निरपेक्षता र गणतन्त्रबाट अहिलेको सामाजिक परिवेशमा व्याक हट्ने अवस्था नरहेको उहाँको भनाई छ । नेता महरले भन्नुभयो  ‘बल्लतल्ल ६०/७० वर्ष लगाएर बनाएको संविधानलाई फेरि यताउता गरे सामाजिक संविधानिक असन्तुलन हुन्छ , भोलि संविधान विहिनताको अवस्था देशले बेहोर्नुपर्ने हुनसक्छ, यसकारण संविधानले गरेको व्यवस्था भन्दा बाहिर जानसक्ने अवस्था छैन ।’
पत्रकार सम्मेलन प्रेस युनियन जिल्ला अध्यक्ष खगराज सापकोटाको अध्यक्षता तथा सचिव कल्पना कुँवरको संचालनमा भएको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्