18.1 C
Kathmandu
Flowers in Chania

वेपत्ताका परिवार भन्छन् “हरेक वर्ष दिवस मनाएर घाउ बल्झाउने काम गरे”

- Advertisement -


यमु कुमाल । १३ भदौ, नवलपुर ।
द्वन्द्वको वर्षौ बित्दापनि राज्य अझै संवेदनशील नभएको बेपत्ताका परिवारहरुले बताएका छन् । अन्तराष्ट्रिय वेपत्ता विरुद्धको दिवस , दिवसमा मात्र सिमित रहेको कावासोती निवासी पार्वती सिग्देलले बताउनु भयो । बुधबार नवलपुरको सदरमुकाम कावासोतीमा अन्तर्राष्ट्रिय वेपत्ता विरुद्धको दिसवको अवसरमा आयोजित कार्यक्रम उनीहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्ने वेपत्ताका परिवारले आफूहरुलाई राज्यले वेवास्ता गरेको र वेपत्ता भएका व्यक्तिको बारेमा नेपाल सरकार संवेदनशील नभएको भन्दै हरेक वर्ष दिवस मनाएर घाउ बल्झाउने काम गरेको देवचुलीकि इन्द्रमाया श्रेष्ठले बताउनु भयो ।
दिवस मनाइरहदा सरकारबाट विभिन्न आवश्वासन दिने तर, कार्यान्वयन भने नभएको वेपत्ताका परिवारहरुको गुनासो छ । आफूहरुलाई सहानुभूति होइन , न्याय चाहिएको उनीहरु बताउछन् । वेपत्ता भएकाहरुको खोजी कार्यमा सरकार सधै उदासिन रहेको उनीहरुको आरोप छ । नवलपुर जिल्लामा वेपत्ता भएकाको सूचीकृत १७ जना छन् । बुधबार जिल्ला समन्वय समितिको हलमा द्वन्द्वपीडित संजाल नवलपुरको आयोजना कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि रहेका जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले द्वन्दकालमा वेपत्ता भएका पिडित परिवारलाई आफ्नो तह र तप्काबाट पुर्णरुपमा पिडितको घाउमा मलम लगाउने कार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्