25.1 C
Kathmandu
Flowers in Chania

 शिक्षण पेसासंगै कृषिमा रमाउंदै गेस बहादुर

- Advertisement -Flowers in Chania

कावासाती भदाैं १२

विरेन्द्र पराजुली

 बौदीकाली ५ का गेस बहादुर राना शिक्षक हुन शिक्षण पेसासंगै उनी कृषि पेसालाई समेत अङ्गालेर कृषिमा रमाउदैछन् । २०६० सालदेखि उनले स्थानीय बिद्यालयमा अस्थायी शिक्षकबाट आफुले शिक्षण पेसा सुरु गरेको बताउछन् ।  २०६० बाट स्थानीय उत्तम बालहित आधारभूत बिद्यालयमा शिक्षण पेसा सुरु गरे पनि २०७५ मा मात्र उनी स्थायी भएका हुन्। बाबू बाजेदेखि नै बबकमा सुन्तला खेती गरिंदै आएको छ । सुन्तला खेतीबाट भएको आम्दानी गेसबाहादुरले देखिराखेका थिए । परम्परागत तबरले बाबु बाजेले सुन्तला खेती गरेको उनले देखेपछि सुन्तला खेती आधुनिक तबरले र ब्याबसायिक किसिमले गर्नु पर्छ भन्ने सोच यिनमा पलाउन थाल्यो । बौदीकालीको बबक क्षेत्र सुन्तला जोनको रुपमा प्रख्यात छ ।
  पहिला–पहिला सुन्तला डोकोमा बोकेर कावासोती र भिमादसम्म बिक्री गर्न लगिन्थ्यो, तर अहिले भने यातायातको सुबिधा भएपछि घरमै सुन्तला बिक्री हुन थालेको छ । गेस बहादुर सुन्तला सहज रुपमा बिक्री हुन थाले पछि ब्याबसायिक तबरले सुन्तला खेती गर्ने सोचका साथ उनले २०७५ सालमा बबक कृषि तथा पशुपालन फर्म समेत दर्ता गरेका छन् । शिक्षक पेसासंगै उनलाई फर्म दर्ता गरे पछि कृषि कर्ममा पहिला भन्दा बढी लगनशील हुन बाध्य समेत रहेको बताउछन् । फर्म दर्तासंगै गेस बहादुरले आधुनिक खेतिको लागि प्रधानमन्त्री कृषि परियोजनाले ५० प्रतिशात अनुदानमा तीन सय कागतिका बिरुवा र तिनसय सुन्तलाका बिरुवा उपलब्ध गराएर आधुनिक खेती तर्फ लागेका गेसबहादुर कृषि कर्मले जिवन नै परिबर्तन गरिदिएको छ ।
 सुन्तला यसै बर्षदेखि फल्न थालेकोले आउंदो सिजनमा आम्दानी लिन सकिने उनी बताउछन् । उनी शिक्षक भएकोले विद्यालय समय बाहेक उनको अरु समय सुन्तला बगैंचामा नै बित्ने गरेको छ सुन्तलामा केही रोग लागेमा त्यसको उपचार मल र बिरुवाको हेरबिचारमा नै उनले समय बिताउने गरेका छन् । यो बर्ष सुन्तला र कागतिले राम्रो आम्दानी दिने उनी बिश्वास गर्छन् कागती भन्दा सुन्तला हुर्काउन अलि बढी मिहिनेत गर्नुपर्ने उनी बताउछन् । उनी मात्र होइन उनकी श्रीमती रिता राना पनि पछिल्लो समयमा कृषि पेशामा रमाउन थालेकी छन्। रिताले पनि हिजो बाबु बाजेले गरेको कृषि कर्म र अहिले हामीले गरेको कृषि कर्ममा धेरै अन्तर छ पहिला जे उत्पादन हुन्थ्यो त्यो मात्र बिक्री गर्ने गरिन्थ्यो तर अहिले आएर सकेसम्म बढी उत्पादन गेरेर कसरी बढी बिक्री गर्न सकिन्छ, भन्ने नै चिन्ता हुंदो रहिछ रिताले बताईन । पुरानो बाबु बाजेले हुर्काएको सुन्तलाबाट अहिले पनि आम्दानी भने नभएको होइन बार्षिक ४/५ लाख आम्दानी त भएकै छ तर पनि आधुनिक र व्यावसायिक खेती गरे धेरै उत्पादन लिन सकिने रानाको भनाई छ । बौदीकाली ५ मा अधिकांशको खेति नै सुन्तला हो तर आधुनिक खेती तर्फ भने कोही पनि नलागेको कारण भने जस्तो आम्दानी लिन नसकेको स्थानीय प्रसाद बहादुर रानाले बताए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्