25.1 C
Kathmandu
Flowers in Chania

गरिबीका कारण कुनै पनि बालबालिका विद्यालय बाहिर छैनन् – अधिकारी

- Advertisement -Flowers in Chania


कावासाेती भदाै ८

विरेन्द्र पराजुली

मध्यबिन्दु नगरपालिका भित्र कुनै पनी बालबालिका बिद्यालय बाहिर नरहेको नगर प्रमुख भिमलाल अधिकारीले दाबी गरेका छन् ।
शुल्क र पाठ्यपुस्तकको अभावमा आफ्नो नगरभित्र कुनै पनि बालबालिका बिद्यालय बाहिर छैन् उनले भने । मध्यबिन्दु नगरपालिका भित्र आदिबासी जनजातिको बाहुल्यता रहेको छ । यहाँ बोटे, माझी, मुसहर, थारु लगायतका जातिहरुको पनि बसोबास रहेकोले कोही पनि बालबालिका बिद्यालय जानबाट बञ्चित नहुन भनेर लागि परेको प्रमुख अधिकारीले बताएका छन् । मध्यबिन्दु नगरपालिकामा ४० वटा सामुदायिक बिद्यालय छ, यो बाहेक यसैको हाराहारीमा नीजि विद्यालय पनि रहेकोले शैक्षिक संस्थाको अभाब र गरिबिको कारण मध्यबिन्दु नगरपालिकामा कोही पनि बालबालिका बिद्यालय बाहिर छैनन्। आफ्ना बाबु नानिलाई बिद्यालय पठाउनुपर्छ, भन्ने यस क्षेत्रको नागरिकको चेतना बढेको छ । केही बर्ष अगाडी बालबालिका खोला नाला सडक र विभिन्न उद्योगमा समेत रहेका थिए, तर यो बर्षदेखि हामीले कोही पनि बालबालिका बिद्यालय पहु“चबाट टाढा नगराउने अभियानमा लागेका छांै । नगरपालिकाले बिपन्न परिवारका बाबु नानिलाई ड्रेस, कपि किताब सबै निःशुल्क गरेर उनिहरुलाई पाएक पर्ने सामुदायिक तथा नीजि विद्यालयमा पढाउने वातावरण गराएका छौं उनले दाबी गरे । अङ्ग्रेजी माध्यममा सञ्चालन भएका सामुदायिक विद्यालयमा पनि शुल्क लिन बाध्य छौं सक्ने सङ्ग लिन्छौ नसक्नेलाई निःशुल्क गरेका छौं यो हाम्रो बाध्यता छ, यसको लागि श्रोतको अभाब छ, संघ, प्रदेश सरकार छ त्यहा“बाट यसका लागि बजेट आउनु पर्छ यो स्थानीय सरकारको मात्र कामले हु“दैन हामी प्रयासमा छौं प्रमुख भिमलाल अधिकारीले बताए ।
मध्यबिन्दु नगरपालिकाले हेप्पी लर्निङ अभियान चलाएको छ । बालबालिका रोबर्ट झै भए जीवन र प्रकृतिसङ्ग जोडेर ब्यबहारिक सिकाई अनिवार्य गर्नको लागि नगरपालिका लागि परेको छ । मध्यबिन्दु नगर भित्र समस्या छ, चुनौती छ, तर समाधानको लागि प्रतिबद्ध छौं उनले भने नगर भित्र १३ सामुदायिक माध्यामिक बिद्यालय छ सबै बिद्यालय उत्कृष्ट छन् अहिलेको ११:१२ को नतिजा पनि जिल्लाको उत्कृष्ट भित्र हाम्रा सामुदायिक बिद्यालय परे यहा“को लोकसेवा मा.बि, नबजागण मा.बि. जनता मा.बि जिल्लामा टप टेन भित्र छन् यो सबैको लगनशिलताले भएको हो । अझै सामुदायिक विद्यालयलाई कसरी राम्रो र गुणस्तरीय बनाउन सकिन्छ, भनेर नगरपालिकाले शिक्षकलाई अध्यान केन्द्रको स्थापना गरेर शैक्षिक क्षेत्रलाई उकास्न र मध्यबिन्दु नगरपालिका उत्कृष्ट शैक्षिक हबको रुपमा अघि बढाउन पहल गरेको पालिका प्रमुखले बताए ।
प्रमुखलाई लामो समय शैक्षिक क्षेत्रमा काम गरेको अनुभव छ, त्यसले पनि आफ्नो कार्यकालमा शिक्षालाई कसरी सुधार्न सकिन्छ भनेर लागि परेको पाईन्छ । मध्यबिन्दु नगरपालिकाले शैक्षिक सत्र ७९:८० मा कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमका पुस्तक समेत निःशुल्क वितरण गरेका थिए । पुस्तक निःशुल्क भएपछि पुस्तक अभाव हुन पाएन यसले गर्दा पनि सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ ।
आउने आ.ब. मा पनि यसैलाई निरन्तर गर्दै कक्षा १२ सम्म नेपाली माध्यम त सरकारले नै निःशुल्क गरेको छ अब अंग्रेजी माध्यममा पनि पालिकाले क्रमश सबै पुस्तक निःशुल्क गराउने क्रममा रहेको प्रमुख अधिकारीले बताए । पछिल्लो समयमा नगरभित्रका सामुदायिक विद्यालयमा आफ्ना बाबुनानिलाई अध्यान गराउनु पर्छ, भन्ने सामुदाय लागेको कारण पनि अहिले करिब १२ हजार विद्यार्थी नगरभित्रका सामुदायिक विद्यालयमा अध्यान गरेका मध्यबिन्दु नगर शिक्षा शाखाले जनाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्