24.1 C
Kathmandu
Wednesday, November 29, 2023
Flowers in Chania

नारायणी नदीमा वेपत्ता युवकको शव फेला पर्यो

- Advertisement -Flowers in Chania

कावासाेती नवलपरासी0,३ भदौ,
नारायणी नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती स्थित नारायणी नदीमा माछा मार्न गएका देवचुली नगरपालिका–११ का २० वर्षीय मंगलसिंह पुलामी बेपत्ता भएको २४ घण्टा पछि शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनु भयो ।
शनिबार दिउँसो साढे १२ बजे बेपत्ता भएका पुलामीको खोजिकार्यमा खटिएका स्थानीय युवाहरुले तियारी जालको सहायताले शव फेला पारेको देवचुली नगरपालिका ११ का वडासदस्य डम्बरबहादुर सिंजालीलले बताउनु भयो ।
घटनास्थलबाट शव निकालेपछि स्थानीले प्रहरीलाई खवर गरेर जानकारी गराएको प्रहरी उपरीक्षक तिवारीले बताउनु भयो । साथीसँग माछा मार्न गएका पुलामी बेपत्ता भएपछि हात्ती समेत परिचालन गरि खोजी गरिएको थियो ।
“पुलामीसँगै डुबेका अर्का एक युवकको तत्कालै स्थानीय माझीले उद्धार गरेका थिए”उहाँले भन्नु भयो “स्थानीयको सहयोगमा पुलामीको शव फेला पारिएको हो ।”
लोकाह खोला र नारायणीको दोभानमा माछा मार्न नदीमा जाल फाल्दा लतारिएर रहमा डुबेको प्रतक्षदर्शिले बताएका छन् ।
जिल्लामा गत जेठयता खोला र नदीमा बेपत्ता हुनेको संख्या छ जना पुगेको प्रहरी उपरीक्षक तिवारीले बताउनु भयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्