24.1 C
Kathmandu
Wednesday, May 29, 2024
Flowers in Chania

नारायणीमा माछा मार्न गएका देवचुलीका युवक डुबेर बेपत्ता

- Advertisement -Flowers in Chania

twitter sharing button

कावासोती ।

नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् ।

कावासोती नगरपालिका–११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारीका अनुसार देवचुली नगरपालिका –११ का २० वर्षीय मंगलसिंह पुलामी नारायणीमा माछा मार्न जाँदा शनिबार दिउँसो साढे १२ बजे बेपत्ता भएका हुन । माछा मार्न नदीमा जाल फाल्दा लतारिएर रहमा डुबेपछि बेपत्ता भएको स्थानीयको भनाइ छ । लोकाह खोला र नारायणीको दोभानमा ती युवक डुबेका हुन् ।

जिल्ला प्रहरीका अनुसार साथीसँग माछा मार्न गएका पुलामी बेपत्ता भएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । उनीसँगै डुबेका अर्का एक युवकको तत्कालै स्थानीय माझीले उद्धार गरेका थिए । स्थानीयको सहयोगमा आइतबार बिहान पनि पुलामीको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दियो । खोजी कार्यमा हात्ती समेत परिचालन गरिएको वडा अध्यक्ष अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार गत जेठयता जिल्लामा यहाँका खोला र नदीमा बेपत्ता हुनेको संख्या ६ जना पुगेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्