25.1 C
Kathmandu
Flowers in Chania

आज मलमास सकिँदै

- Advertisement -Flowers in Chania

नवलपुर ।

यही २ साउनदेखि सुरु भएको अधिकमास अर्थात् मलमास बुधबार सकिँदैछ । बुधबार दिउँसो २१ घडी ५ पला अर्थात् २ बजेर १ मिनेटसम्म औँसी तिथि छ ।

सामान्यतया एउटा सौरमासमा दुईवटा औँसी पर्दा अधिकमास हुन्छ । यो महिना साउन २ गते र बुधबार औँसी परेको हो । भगवान् विष्णु अर्थात् पुरुषोत्तम​को आराधना गरिने भएकाले मलमासलाई पुरुषोत्तम महिना पनि भन्ने गरिएको छ ।

मलमासको अन्तिम दिन आज श्रद्धालुले व्रत, उपवास, विष्णु भगवानको जप, पूजा, भजन कीर्तन तथा पुराण पाठ गर्नुका साथै दान गर्ने प्रचलन छ । काँसको थालमा भगवान् विषणुका नामले ३३ वटा मालपुवा राखेर तिल र सुनको प्रतिमासहित वस्त्रले ढाकेर दान गर्ने परम्परा छ ।

प्रत्येक तीन वर्षमा एकपटक आउने मलमास अवधिमा कुनै पनि शुभ र नयाँ कार्यको थालनी गर्न नहुने परम्पराअनुसार यो बीचमा कुनै चाडपर्व नपरेका नेपाल पञ्चाग निर्णायक समितिका पूर्व अध्यक्ष प्राध्यापक डा।रामचन्द्र गौतमले बताए । मलमास सम्पन्न भएसँगै शुद्ध महिनाका तिथि शुरु हुनेछ । मलमासका कारण यस वर्ष जनैपूर्णिमा, तीज दशैँ र तिहार जस्ता चाडपर्व झण्डै एक महिना पछाडि धकेलिएका छन्।

सूर्यमानअनुसार वर्षमा ३६५ दिन र चान्द्रमान अनुसार वर्षमा ३५४ दिन हुन्छ । यसरी हेर्दा सूर्य र चन्द्रमानबीच वर्षमा लगभग ११ दिनको फरक आउँछ । तीन वर्षमा ३३ दिनको फरक पर्ने भएपछि त्यही एक महिनालाई अधिकमास भन्ने गरिएको हो ।

अधिकमास पर्ने वर्षमा सूर्यमानअनुसार वर्षमा १२ वटै महिना रहे पनि चान्द्रमान अनुसार १३ वटा महिना पर्न आउँछ । सूर्य र चन्द्रमाको गति मिलाउन अधिकमास पर्छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्