8.1 C
Kathmandu
Flowers in Chania

विनयी त्रिवेणीमा बाघको आक्रमणबाट महिला घाइते

- Advertisement -

नवलपुर साउन २९

नवलपुरको विनयी  त्रिवेणी गाउँपालिका १ सिसेनीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

४० वर्षीया पिथीमा दर्लामीलाई घर नजिकैको सामुदायिक वनमा घाँस काट्न जाँदा पाटे बाघले आक्रमण गरेको स्थानीयहरूले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी बेद बहादुर पौडेलका अनुसार बाघको आक्रमणबाट घाइते भएकी दर्लामीलाई जिल्ला अस्पताल मध्यविन्दुमा उपचार हुन नसकेपछि भरतपुर अस्पताल चितवन लगिएको छ । बाघले आक्रमण गर्दा दर्लामीको हात र खुट्टामा चोट लागेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्