नवलपुर साउन २९
ज्ञानु पंगेनी
नवलपरासी पूर्व नवलपुरको गैँडाकोट नगरपालिका –१०, भैसाखोरीका एक युवक बेपत्ता भएका छन् । भैँसाखोरी स्थित संगमचोक घर भएका ३७ वर्षीय ईश्वरप्रसाद सापकोटा गत शनिबारदेखि हराउनु भएको हो । शनिबार बिहान देखि परिवारको सम्पर्कका नआएको उहाँकी श्रीमती लक्ष्मी सापकोटाले बताउनुभयो ।
घरमा केही जानकारी नदिई एक्कासि ईश्वरप्रसाद सापकोटा बेपत्ता भएपछि उनको परिवार चिन्तामा परेको छ । बेपत्ता सापकोटा मानसिक बिरामी रहेको उनको परिवारले बताएको छ । केहिवर्ष अघि सडक दुर्घटनामा परि घाइते भएपनि मानसिक बिरामी बनेका ईश्वरप्रसाद अहिले सम्म परिवारको सम्पर्कमा आएका छैनन् ।
श्रीमानको स्थिति पत्ता नलागेकाले श्रीमती लक्ष्मी सापकोटाले खोजी गरिदिन प्रहरी, प्रशासन तथा सरोकारवालालाई आग्रह गर्नुभएको छ । बेपत्ता ईश्वरप्रसाद सापकोटाको परिवारमा श्रीमती ,एक छोरा र एक छोरी छन् ।
हराएका आफ्नो श्रीमानलाई कहिँकतै फेला पारे नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले आग्रह गरेको छ ।
परिवारले इलाका प्रहरी कार्यालय गैँडाकोटमा समेत खोजी कार्यका लागि निवेदन दर्ता गराएको छ । परिवारबाट बेपत्ता भएका ईश्वरीप्रसादको हुलिया सहितको खोजीका लागि निवेदन प्राप्त भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका इन्स्पेक्टर रिता पौडेलले बताउनुभयो । प्राप्त हुलिया मातहतका प्रहरीलाई जानकारी गराई खोजीको कार्य जारी रहेको उहाँले बताउनुभयो ।