8.1 C
Kathmandu
Flowers in Chania

गण्डकी प्रदेशसभा बैठक बस्दै

- Advertisement -

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । त्यसअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर सदनको कार्यसूची तय गर्ने प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिनुभयो । गत असार २२ गतदेखि स्थगन भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो ।

बैठकमा प्रदेशसभाका विषयगत समिति गठनका विषयमा छलफल हुने बताइएको छ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि विषयगत समिति अझै गठन हुन सकेको छैन । प्रदेशसभा नियमावलीको प्रावधान अनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ ।(रासस)

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्