24.1 C
Kathmandu
Wednesday, May 29, 2024
Flowers in Chania

चितवन प्रशासनले भन्योः नारायणगढ–मुग्लिनको जाम खुलाउन राज्यका अंग सक्षम छन्, रास्वपा चाहिँदैन

- Advertisement -Flowers in Chania

चितवन, साउन २४-

वर्षाका कारणले पटक–पटक अवरुद्ध हुने नारायणगढ–मुग्लिन सडकमा राष्ट्रिय स्वतन्त्र पार्टीले र्‍यापिड एक्सन टिम (आरएटी) खटाएपछि जिल्ला प्रशासन कार्यालय चितवनले गम्भिर ध्यानाकर्षण जनाएको छ । जाम खुलाउन सुन्तला रंगको ज्याकेटमा आर.ए.टी लेखेर वाकीटकी संचारसहितका युवाहरू खटेको भनेर सामाजिक सञ्जालमा फोटो सहितका पोष्ट आएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले ध्यानाकर्षण जनाएको हो ।

(रास्वपा) ले हिजो जाममा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न भन्दै प्रदेशका संयोजक विजय गुप्ताको नेतृत्वमा आर.ए.टी नाम दिइएको ५० जना युवाहरुको एउटा समूह परिचालन गरेको थियो। तर, प्रशासनले राजमार्गको पहिरो, ट्राफिक जामजस्ता घटनाको व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेको बताएको छ।

‘कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको व्योहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं,’ प्रशासन कार्यालयले भनेको छ, ‘विपद्का यस्ता घटनाको राहत, उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम छन्।’

प्रशासन कार्यालयले रास्वपाका कार्यकर्ताले प्रयोग गरेको संचारको साधन वाकीटकी स्वीकृति लिइएको र दर्तावाल हो होइन छानबिन गर्न प्रहरीलाई निर्देशन पनि दिएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ठूला विपद्का घटनामा कुनै दल विशेष वा संगठनको परिचय बिना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीकोरुपमा राजनीतिक दल, नागरिक समाजलगायतका आम सर्वसाधारण नागरिकले जिल्ला, स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति लिएर, खटिएका सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सक्ने बताए। तर मंगलबार कुनै अमुक दल तथा सो अन्तर्गतको संगठनको सहयोग नलिइएको र लिन स्वीकृति पनि नदिइएको उनले बताए।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्