18.1 C
Kathmandu
Flowers in Chania

संसदमा एमालेले जे गरिरहेको छ गलत गरिराखेको छ: डोलप्रसाद अर्याल 

- Advertisement -

 काठमाडौं,साउन २३-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले एमालेले संसदमा जे गरिरहेको छ त्यो गलत गरिराखेको बताएका छन् । राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन विमानस्थलबाट गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक सय किलो सुन बरामद गरेको थियो ।

यस सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० गते यता संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक चल्न दिएको छैन । उपसभापति अर्यालले बैठक चल्न नदिने र सूचना टाँसेर बैठक स्थगित गराउने प्रवृति देखा परेको बताउँछन् । उनले भने, ‘संसदमा एमालेले जे गरिरहेको छ गलत गरिराखेको छ।’

संसदको अवरोध खुलाउने विषयमा एमाले बाहेकका रास्वपा र राप्रपालाई समेत छलफलमा बोलाएर सहमति खोज्ने प्रयास प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत नगरकोप्रति रास्वपा उपसभापति अर्यालको चित्त दुखाइ छ ।

‘संसदमा रहेका सबै दलहरुलाई विश्वासमा लिएर जाने काम प्रधानमन्त्रीको हो । तर स्वघोषित शीर्ष नेताहरु बसिरहनु भएको छ’ उनी अगाडि भन्छन्, ‘प्रमुख प्रतिपक्षी दलले पनि रास्वपा र राप्रपालाई देखेन । हामी आउँदा गाह्रो हुन्छ भनेर तर्सिनुभयो उहाँहरु ।’

संसदमा जारी अवरोध खुलाउने विषयमा प्रम्रुख तीन दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरु निरन्तर छलफलमा छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्