कावासाेती साउन २१
सामुदायिक बिद्यालयमा अध्यापन गराउने शिक्षकले शिक्षा ईकाईबाट स्वीकृत लियर मात्र अन्यत्र काम गर्ने ब्यबस्था रहेको छ । ब्यबस्था भएपनि नवलपुर जिल्लामा भने विना स्वीकृत काम गरेको पाईएको छ ।
स्वीकृत बिना काम गर्ने शिक्षकलाई आचारसंहिता उल्लंघन गरेको ठहर मानी कारबाही हुने जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख रुद्र शर्माले बताएका छन्। नवलपुर जिल्लामा चार गाउँपालिका र चार नगरपालिका रहेको छ । अधिकांश सामुदायिक बिद्यालयका शिक्षकहरु बिहान र बेलुकामा कलेज, टिउसन सेन्टर, सहकारी लगायतका संस्थामा तलबीको रुपमा काम गरेको पाईएको छ । जिल्ला शिक्षा समन्वय ईकाईको तथ्यांकमा गैंडाकोट ७ को नारायणी आधारभुत विद्यालयका ४ शिक्षक बाहेक अन्य कसैले पनि यो समाचार तयार गर्दासम्म बिभागिय स्वीकृती नलिएको शिक्षा प्रमुखले जानकारी गराएका छन् । जिल्ला शिक्षा कार्यलय साबिक परासीबाट बिभागिय सिफारिस लिएका ब्यक्तिहरुको नवलपुर जिल्लामा कार्यलय स्थापना पश्चात् साबिक जिल्लाको सिफारिस २०७८ फागुन २२ गतेबाट बदर गरि नवलपुर जिल्लाले नयाँ सूचना २०७९ चैत्र २ गतेपछि नया“ सिफारिस लिनुपर्ने सार्बजनिक सूचना जारी गरिए पनि शिक्षा ईकाईबाट चार जना सामुदायिक बिद्यालयका शिक्षक बाहेक अन्य कुनै पनि शिक्षकले बिभागिय स्वीकृत लिएका छैनन् । बिभागिय स्वीकृत बिना अन्यत्र कार्य गरेको प्रमाण फेला परेमा पहिलो पटक सचेत गराउने र पटक–पटक नियम उल्लंघन गरेमा कारबाही गर्न सकिने नियमावलीमा रहेको छ ।
शिक्षा नियमावली १३३ अनुसार बिद्यालय ब्यबस्थापन समिति सम्बन्धित पालिकाको सिफारिस साथ जिल्ला शिक्षा समन्वय ईकाईबाट सिफारिस लिने प्रावधान रहेपनी कार्यलयबाट सिफारिस लिएको पाईएको छैन् । नवलपुर जिल्लामा अधिकांश सामुदायिक बिद्यालयका शिक्षक विभिन्न कलेजमा कार्यरत रहेको शिक्षा शाखामा जानकारी भएपनि अहिलेसम्म कुनै पनि शिक्षकलाई कारबाही भएको छैन् । नियम उल्लंघन गर्ने शिक्षकको शिक्षा नियमवली अनुसार ५ बर्षसम्म तलब रोक्का गरि शिक्षक बढुवा समेत रोकि सजाय गर्न सकिने ब्यबस्था शिक्षा नियमावलीमा रहेको छ । नियमवलिमा ब्यबस्था भएपनि अहिलेसम्म कुनै पनि शिक्षक कारबाही भएका छैनन् । स्थानीय तहले छुट्टै सिफारिस गर्ने नियम नभए पनि पालिकाले नियम बनाएर सिफारिस दिएको कुनै पनि पालिकाबाट शिक्षा शाखामा जानकारी नआएको जिल्ला शिक्षा समन्वयले बताएको छ ।

कावासोती नगरपालिकाले केही शिक्षकलाई बिभागिय स्वीकृत दिए पनि उनिहरुको पनि जिल्ला समन्वयमा दर्ता रहेको छैन् । जिल्लामा अन्य पालिकाले भने पालिकाको शिक्षा शाखाले बिभागिय स्वीकृती दिएको छैन् । जिल्लामा अहिलेसम्म करिब १ सय जना सामुदायिक शिक्षकहरु बिभागीय स्वीकृती नलिई अन्यत्र काम गरेको देखिए पनि कारवाही भएको छैन् । अनुगमन नहुँदा नियम उल्लंघन गरेको मनकामना आधारभुत बिद्यालय देबचुलीका बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष गोबिन्द भुसालले बताए । सामुदायिक बिद्यालयमा कार्यरत शिक्षकले सरकारको तलब लिने अनि अन्यत्र काम गर्ने शिक्षकलाई कारबाही हुनु पर्ने शिव माध्यामिक बिद्यालयका शिक्षक अभिभावक समितिका अध्यक्ष दिपेन्द्र बस्यालले बताए । सामुदायिक बिद्यालयका शिक्षकलाई सरकारले तलब दिएको छ अन्यत्र काम गरेर दोहोरो तलब सुबिधा लिनु दिनु गैरकानुनी छ । त्यस्ता शिक्षकले सामुदायिक बिद्यालयको भलो गर्दैनन् उनिहरुलाई सामुदायिक बिद्यालयको शिक्षक वा अन्यत्र जागिर रोज्ने बिकल्प दिनुपर्छ अध्यक्ष बस्यालले बताए ।