24.1 C
Kathmandu
Thursday, June 20, 2024
Flowers in Chania

प्रदिप रुङ्गटा तीन महिनापछि चितवन अदालतमा, व्यवसायी कँडेल आत्महत्याबारे बयान दिँदै

- Advertisement -Flowers in Chania

चितवन, साउन १८-

व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेका प्रदिप रुङ्गटा आज चितवन जिल्ला अदालत हाजिर भएर बयान दिएका छन् ।

घटना भएको तीन महिना पछि हाजिर भएका रुङ्गटाको बयान लिने काम भइरहेको चितवन जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यले भयाे । उनले भने, ‘ बिहान ११ बजेपछि बयार सुरु भएको हो, अहिले चलिरहेको छ ।’

कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा अनमोल फिड्सका चार्टर एकाउन्टेट रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका थिए । वैशाख १९ मा कँडेल नारायणगढस्थित आफ्नै कार्यालयमा मृत अवस्थामा भेटिएका थिए । कँडेलको न्यायको लागि भन्दै उनका समर्थकले चितवन बन्द र चक्काजाम गर्नुका साथै पटक पटक प्रदर्शन गर्दै आएका थिए ।

अर्को आरोपी अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल भने केही दिन अघि उच्च अदालत हेटौँडाबाट तारेखमा रिहा भएका हुन् । उनी बैशाख २२ गते बाराको सिमाराबाट पक्राउ परेका थिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्