18.1 C
Kathmandu
Flowers in Chania

रवि लामिछानेले चितवनबाट चुनाव जितेको सय दिन, ब्लु बसदेखि हेल्लो रविसम्म

- Advertisement -

चितवन,साउन १७-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफु निर्वाचित भएको सय दिन पुगको अवसरमा विभिन्न कार्यक्रमको घोषणा गरेका छन् । आज भरतपुरमा सचिवालयको स्थापना गर्दै विभिन्न ११ वटा कार्यक्रमको घोषणा गरेका हुन् । उनले जनतासंग प्रत्येक्ष जोडिएर सेवा प्रदान गर्ने उदेश्यले कार्यक्रम घोषणा गरेका छन् । सोच्यौ,बोल्यौ र ग¥यौ सय दिनमा हामी भन्ने नारासहित रविले निःशुल्क बस सेवादेखि घुम्ती स्वास्थ्य सेवासम्मका कार्यक्रम घोषणा गरेका हुन् ।

चितवन क्षेत्र नम्वर २ का सांसद रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलाहरुका लागि लक्षित गर्दै निःशुल्क बस सेवा संचालनमा ल्याएका छन् । आफु निर्वाचित भएको सय दिन पुगेको अवसरमा आज सांसद लामिछानेले निःशुल्क बस सेवा संचालनमा ल्याएका हुन् । उनले भरतपुरको बाइपासस्थित पार्टीको सचिवालयबाट बस चढेर सेवा सुरुवात गरेका छन् । ब्लु बस नाम राखिएको बस निर्वाचन क्षेत्र नम्वर २ का विभिन्न रुटमा चल्नेछ । पहिलो चरणमा पाँच सय महिलालाई निःशुल्क यातायात कार्ड वितरण गरिने रवि लामिछानेको सचिवालयले जनाएको छ ।

बसभित्र महिलाका लागि आवश्यक पर्ने स्यानेटरी प्याड लगायतका सामाग्रीको समेत व्यवस्था हुने लामिछानेले बताए । उनले बसमा गुनासो सुन्नेगरी रविलाई पत्र नामको बक्स समेत राखिने जानकारी दिए । बस विभिन्न स्रोत जुटाएर संचालन गरिएका लामिछानेको भनाई छ । उनले यो बस सेवा प्रभावकारी बनेमा थप बस समेत संचालन गरिने जानकारी दिए ।

निःशुल्क स्वास्थ्य सेवा

लामिछानेले ६५ बर्षभन्दा माथिका नागरिकलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेका छन् । हरेक दिन नयाँ टोलमा पुगेर प्राथमिक उपचार दिने उदेश्यले यो सेवा सुरु गरेका हुन् । मोबाइल क्लिनिक नाम दिइएको एम्बुलेन्स मार्फत स्वास्थ्यकर्मीहरु टोलटोलमा पुग्ने जनाइएको छ ।

विपन्नलाई निःशुल्क उपचार

सय दिनको प्याकेज अन्तर्गत लामिछानेले विपन्न परिवारका लागि पाँच लाख बराबरको स्वास्थ्य उपचार निःशुल्क गर्ने घोषणा गरेका छन् । उनले स्वास्थ्य विमा मार्फत यो कार्यक्रम अगाडि बढाइने जनाएका छन् । सुरुवातमा सय जना विपन्न परिवार छनोट गरी काम सुरु गरिएको लामिछानेले बताए । यसका लागि स्वास्थ्य विमा कार्ड समेत वनाइने उनको भनाई छ ।

सय जनालाई रोजगार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा फर्कन चाहनेका लागि सय जना भन्दा बढीलाई जागिरको व्यवस्था गरेको जानकारी दिएका छन् । उनले बिना पैसा विदेशबाट फर्काएर रोजगारी दिने व्यवस्था गरेको बताएका हुन् । ‘चुनावमा आफुले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको ब्यवस्था गरेका छौं, त्यो पनि ‘बिना ढेउवा के’ । अहिलेकालागि यी रोजगारी खोजीएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौँ, ’उनले भनेका छन् । उनले विदेश लैजाने मेनपावर कम्पनीहरुको विज्ञापनहरु देशका पत्रिका, अनलाइन र चोकका पसलहरुमा छापिएको बताएका छन् ।

चार–चार महिनामा सार्वजनिक सुुनुवाई

सभापति लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्वर २ मा हरेक चार–चार महिनामा सार्वजनिक सुनुवाई गर्ने भएका छन् । उनले पहिलोपटक भदौ १० गते सार्वजनिक सुनुवाई गर्ने जानकारी दिए । त्यसमा सहभागि भएर नागरिकले सरोकारवालासंग प्रत्येक्ष गुनासो सुनाउन पाउनेछन् ।

नमुना विद्यालय

दुई विद्यालयलाई प्रविधिमैत्री नमुना बनाउने योजना सभापति लामिछानेले अघि सारेका छन् । उनले चितवन क्षेत्र नम्वर २ अन्तर्गत पर्ने रामनगर मावि र चर्तुमुखी माविको कक्षा ११ र १२ लाई पहिलो चरणमा नमुना बनाउने घोषणा गरेका हुन् । विस्तारै अन्य विद्यालयलाई पनि नमुना बनाउने लक्ष्य राखेको उनले जनाएका छन् ।

आधारभूति विद्यालयको स्तरोन्नती

इच्छाकामना गाँउपालिका स्थित राष्ट्रिय आधारभूत विद्यालयलाई स्तरोन्नती गरी नमुना बनाउने उनले बताएका छन् । कक्षा ७ सम्मको यस विद्यालयलाई कक्षा १२ सम्म स्तरोन्नती गर्नुका साथै आवसिय बनाउने कार्य थालनी गरिने लामिछानेको भनाई छ ।

गुनासो सुन्न हेलो रबि

जनताको गुनासो सुन्नका लागि लामिछानेले हेल्लो रविको सुरुवात गरेका छन् । उनले सचिवालय र अनलाइन मार्फत जनताको गुनासो सुन्ने बताएका छन् । जनताको गुनासो समाधानका लागि सचिवालयले काम गर्नेछ ।

प्राकृतिक विपत्तिमा सघाउन (आरएटी) समूह

प्राकृतिक विपत्तीमा सघाउनका लागि लामिछानेले र्यापिड एक्सन टिम (आरएटी) टिम बनाउने घोषणा गरेका छन् । यो टिमले विपतको समयमा नागरिकलाई सहयोग गर्नेछ ।

बृक्षारोप गरिने

रविले निर्वाचनमा आफुले प्राप्त गरेको मत ५४ हजार १ सय ७६ विरुवा रोप्ने भएका छन् । हरेक मतदातालाई यो अभिायानमा सहभागि गराउने उदेश्यले विरुवा रोप्न लागिएको उनले बताएका छन् ।

चितवन क्लब

सांसद लामिछानेले आफुले गरेका कामलाई सहयोग पु¥याउनका लागि चितवन क्लब गठन गरेको बताएका छन् । विदेशमा बस्ने सम्पूर्ण चितवनबासीलाई एकजुट भएर आफुले गरेका कामहरुमा हातेमालो गर्न उनले अपिल गरे ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्