8.1 C
Kathmandu
Flowers in Chania

प्रधानमन्त्री आफैँ बिचौलिया, दलाल र माफिया परिचालन गर्छन्: डा. केसी

- Advertisement -

काठमाडौं, साउन १५-

चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले प्रधानमन्त्रीले आफैँ बीचौलिया, दलाल र माफियाहरू परिचालन गर्ने गरेको आरोप लगाएका छन् ।

आज पत्रकार सम्मेलनमार्फत डा. केसीले जनुसुकै पार्टीका प्रधानमन्त्री आए पनि माफियालाई सजिलो हुने गरी काम गरेको बताए । पछिल्लो समय सीटीईभीटी र चिकित्सा शिक्षा आयोगबीच चर्किएको द्वन्द्वको प्रसंगमा डा. केसीले भने, ‘यी जनताका होइनन् कि माफियाका प्रधानमन्त्री हुन् ।’

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई प्रधानमन्त्रीकै क्वाटरमा एक माफियाले जागिर खाइदिने धम्की दिएको भन्दै डा. केसीले प्रश्न गरे, ‘प्रधानमन्त्रीकै कोठामा बसेर त्यस्तो बोल्ने आँट तिनलाई किन आयो ? त्यो माफिया बोलेको होइन, स्वयं आयोगका अध्यक्ष प्रधानमन्त्री बोलेका हुन् । किनकि, प्रधानमन्त्रीहरु बिचौलिया, दलाल र माफियाहरू परिचालन गर्छन् ।’

यसअघिका प्रधामन्त्रीहरुले पनि मेडिकल माफियालाई सहज हुने गरी चिकित्सा शिक्षा ऐन संशोधन गर्ने प्रयास गरेको तर नसकेको उनको आरोप छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्