24.1 C
Kathmandu
Friday, May 24, 2024
Flowers in Chania

कावासोती नगरपालिकाको वडाबाटै योजना सम्झौता

- Advertisement -Flowers in Chania

टिका काफ्ले- कावासोती, साउन ११ गते

कावासोती नगरपालिकाले वडामा हुने विकास तथा कार्यत्रमका योजना सम्झौता वडाबाटनै गर्ने भएको छ । यसाे गरे संगै उपभोक्ता समितिबाट हुने योजना सम्झौताकालागि नगरपालिका धाउनुपर्ने बाध्यता हटेकाे हाे । चालु आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेटबमोजिम चालु आवमा सञ्चालन हुने विभिन्न योजना वडास्तरमै पुगेर सम्झौता गरिने भएको हो । 

स्थानीयवासीलाई घरदैलोबाटै सेवा दिने उद्देश्यका साथ वडामा पुगेर योजना सम्झौताको अभियान सञ्चालन गरिएको कावासाेतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । योजना शाखा प्रमुख दिनेश भण्डारीले “उपभोक्ता समितिबाट सञ्चालन हुने सबै योजनाहरु अबदेखि वडाबाटै सम्झौता हुनेछन् । उपभोक्तालाई सहजताका लागि नगरपालिकाले वडाबाट योजना सम्झौताको काम अघि बढाएको छ ।”  

अनलाइन सफ्टवेयरबाट उपभोक्तामार्फत हुने सबै काम वडामा सम्झौता हुनेछन् । वडाबाटै सबै काम सकेपछि भुक्तानीको चरणमा एकपटक मात्रै नगरपालिका आए हुने शाखा प्रमुख भण्डारीले बताउनुभयो । 

उप प्रमुख फुलकुमारी थनेतले वडामै पुगेर योजना सम्झौता गर्दा सम्झौताका लागि आवश्यक पर्ने कागजपत्र व्यवस्थापन गर्न पनि स्थानीय उपभोक्तालाई सहज हुने बताउनु भयाे।नगरपालिकाबाट प्रदान गरिने सेवालाई सेवाग्राही मैत्री, सरल रुपमा प्रदान गर्ने उद्देश्य अनुसार नगरपालिका अघि बढेको उहाँले बताउनुभयो ।

योजना सम्झौता नगरभित्रका १७ वटा वडामा हुनेछन् । कार्यक्रम कार्यान्वयन पूर्व वडाका जनप्रतिनिधि र वडा सचिवलाई योजना सफ्टवेयर सञ्चालनसम्बन्धी तालिम प्रदान गरिएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्