चितवन, साउन ९-
नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोलामा बिहान पहिरो खस्दा सवारी एकतर्फी मात्र सञ्चालन भएको छ ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा रहेको कालीखोलामा पहिरो खसेका कारण एकतर्फी मात्र सञ्चालन भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख चुडामणी पोख्रेलले नारायणी अनलाइनलाई जानकारी दिएका छन् ।
थप पहिरो खस्न सक्ने जोखिम कायमै रहेकोले पन्छाइसक्न समय लाग्ने प्रमुख पोख्रेलले जानकारी दिए।