18.1 C
Kathmandu
Flowers in Chania

तिनाउ नदीमा फेसका दुई जनाको उद्धार

- Advertisement -

बुटवल,साउन ९-

बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ ।

बुटवल ११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका बुटवल(१४ कैलाशनगरका जनक घर्तीलाई सशस्त्र प्रहरी,नगर प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको हो ।

तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने वा खोला हेर्ने उद्देश्यले बाढीको जोखिम भएको ठाउँमा नजान बुटवल उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

नगर प्रमुख खेलराज पाण्डेयका अनुसार नदी किनारमा विपद्को टोली र नगर प्रहरी खटाएर माईकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्