मिनाक्षी कंडेल
,नवलपुर ।
नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको बिनयी त्रिवेणी गाँउपालिकाले सर्दी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । पालिका भित्र बसोबास गर्ने आम नागरिकको स्वास्थ्य उपचारको पहुँचतालाई मध्यनजर गर्दै मङगलबार पालिका परिसरमा औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य लक्ष्मण बहादुर पाण्डे रहेका थिए । आयोजित कार्यक्ममा बोल्दै पाण्डेले नवलपुर जिल्लाको सबैभन्दा पछाडि परेको यस क्षेत्रलाई पूर्वाधारको चौतर्फी बिकाससगैँ आम नागरिकको स्वास्थ्य जस्तो संवेदनशील बिषयलाई सुधार र सहजताका माध्यमबाट अघि बढाईदैँ लैजाने बताए । त्यस्तै उनले बिगतका दिनहरुमा पालिका वासी बिरामी हुदाँ उपचारका लागि घण्टौँ लागेर अस्पताल पुग्नुपर्ने बाध्यता रहेकोमा अब हस्तान्तरित एम्बुलेन्सले पालिकामा रहेका बिरामीहरु छोटो र सहज तरिकावाट अस्पताल समक्ष पुग्न यसले सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।
आयोजित कार्यक्रममा उनले अबको केही बर्षभित्र त्रिवेणी,सर्दी अस्पतालमा ५÷५ शैया र दुम्किबासमा दश शैयाको अस्पताल निर्माण गरिने बताए । कार्यक्रममा बिनयी त्रिवेणी गाँउपालिका अध्यक्ष घनश्याम गिरीले चाबी हस्तान्तरण गर्दै बर्षौँ देखि स्थानिय स्वास्थ्य उपचारका लागि अस्पताल समक्ष पुग्न धेरै समय खर्चिएर आवश्यक सेवासुबिधा लिनुपर्ने बाध्यता रहेको बताउँदै अब छोटो समयमा अस्पताल पुगेर सरल सहज तरिकाबाट सेवा लिन एम्बुलेन्सले सहयोग पूर्याउने बताए ।
आयोजित कार्यक्रममा उपस्थित पालिका वासी निकै खुशी देखिन्थ्ये । कार्यक्रम बिनयी त्रिवेणी गाँउपालिका वडा नं ४ का वडाअध्यक्ष साहिल श्रेष्ठ्रको अध्यक्षतामा आयोजना गरिएको थियो ।