25.1 C
Kathmandu
Flowers in Chania

जिल्ला प्रहरी र प्रसासनले२०७९÷८० मा उठाए ३० करोड राजस्व

- Advertisement -Flowers in Chania

कावासाेती

नवलपुर जिल्लामा गत आर्थिक वर्षमा २०७९÷८० मा प्रहरी प्रसासनको तथ्यांक अनुसार झण्डै ३० करोड राजश्व संकलन भएको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रसासन कार्यालयले उक्त रकमको राजश्व संकलन गरेका हुन् ।

सोमबार जिल्ला प्रसासन कार्यलय नवलपुरले प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको उपस्तिथिमा प्रशासन कार्यलयमा पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालयले १० करोड ५७ लाख ७२ हजार ५ सय १२ रुपैयाँ राजश्व संकलन गरेको छ । त्यसैगरि भन्सार छलिका सामान नियन्त्रणमा लिएर ६ करोड ३८ लाख ९२ हजार, नदीजन्य पदार्थ चोरी तस्करी गर्नेहरुबाट ३९ लाख ५ हजार रुपैयाँ संकलन भएको जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

त्यस्तै जिल्ला प्रहरीका र मातहत समेतमा रहेका कसुरजन्य सम्पत्ति मोटर साइकल र गाडी लिलाम बिक्रि गर्दा ४१ लाख ४३ हजार, घरेलु मदिराबाट जरिवाना स्वरुप ४० हजार संकलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयले ३ करोड १० लाख रुपैयाँ संकलन गरेको छ ।

ट्राफिक नियम उलंघन गर्ने ३७ हजार ९ सय ५ वटा गाडीलाई कारवाही गर्ला यो रकम संकलन भएको जिल्ला ट्राफिक प्रमुख, प्रहरी निरिक्षक गणेश पौडेलले जानकारी दिए ।
शसस्त्र प्रहरीले ३ करोड ९१ लाख ७१ हजार ३ सय ७० रुपैयाँ संकलन गरेको जनाएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयले भने गत आर्थिक वर्षकोभन्दा दोब्बर राजश्व उठाएको छ ।

सो कार्यालयले ११ करोड ५७ लाख ११ हजार ४ सय ७७ रुपैयाँ संकलन गरेको हो । प्रशासनले आर्थिक वर्ष २०७७÷७८ मा ५ करोड ३९ लाख ९ सय १० रुपैयाँ राजश्व उठाएको थियो । आव २०७९÷८० मा राहादानीबाट सबैभन्दा बढी १० करोड ४९ लाख ९७ हजार, संस्था दर्ता र नविकरणबाट ११ लाख ४१ हजार ७ सय, प्रशासनिक दण्ड जरिवानाबाट २८ लाख ४४ हजार ६ सय ७, सरकारी सम्पत्ति बिक्रिबाट ४० हजार र अन्य प्रशासनिक सेवा शूल्कबाट ६३ लाख ४८ हजार १ सय ७० रुपैयाँ संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछानेले जानकारी दिए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख भुवनेस्वर तिवारी, सशस्त्र प्रहरी प्रमुख बिनोद खतिवडा, सहायक प्रमुख जिल्ला अधिकारी सुभास लामिछाने, ट्राफिक प्रहरी प्रमुख गणेश पौडेल, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, पत्रकार महासंघ नवलपुर जिल्ला अध्यक्ष बिरेन्द्र पराजुली, प्रेस युनियन नवलपुरका अध्यक्ष खगराज सापकोटा लगायत जिल्लामा कृयाशिल पत्रकारको उपस्तिथि रहेको थियो।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्